[Show all top banners]

cybernepali

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

Mr. D

Tyo Din

jetho390

tragicomic
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
  पासपोर्ट नहुँदा पारस बैंककमा अलपत्र
[VIEWED 2272 TIMES]
SAVE! for ease of future access.
Posted on 02-03-14 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

paras

१५ माघ, काठमाण्डौ । सामान्यतः केही नभएका र कोही नभएका मान्छे बिचल्लीमा पर्छन् । बिदेशको ठाउँमा धेरै नेपालीहरु यस्तै अबस्थामा बिचल्ली पर्दा नेपालीहरुले नै सहयोग गरेर उद्दार गर्ने गर्छन् । तर, सवै पुगिसरी भएका पूर्व युवराज पारस शाह अहिले बिचल्लीको अबस्थाबाट गुज्रिएका छन् ।

थाइल्याण्डको राजधानी बैंककबाट केही पर रहेको चियाङमाइस्थित लागूऔषध पुनस्थापना केन्द्रबाट डिस्चार्ज भएको दुई साता बितिसक्यो । केन्द्र पारसमा अब लागूऔषधको कुनै अंश बाँकी नरहेको र उनी पूर्णरुपमा पुर्नस्थापित भएको ठहर गरिसक्यो । अब उनी नेपाल फर्किन सक्ने अबस्थामा छन् ।

तर, उनी चाहेर पनि नेपाल फर्किन सकिरहेका छैनन् । कारण, पुर्नस्थापनामा लगिएका ब्यक्तिका सवै चीज प्रहरीकहाँ हुन्छन् । उनको पासपोर्ट पनि थाई प्रहरीको नियन्त्रणमा छ ।

पुनस्थापना भइसके पनि उनी आफ्नै चाहनाले हिडडुल गर्न सक्दैनन् । त्यसलै स्थानीय अभिभावकका रुपमा प्रेमीका कन्निका चाइसानलाई राखेका छन् । उनलाई अहिले नेपाल फर्किने चटारो भएपनि प्रहरीले दिन नमानिरहेको बुधबार प्रकाशित जनआस्था साप्ताहिकले छापेको छ ।

प्रहरीले अहिले आधिकारिक अभिभावकलाई मात्र राहदानी दिने र उनको साथमा मात्र थाइल्याण्ड छाड्न पाउने जनाउ दिएको छ ।

थाई प्रहरीले कन्निकालाई आधिकारिक अभिभावक मान्दैन । कारण, पारस र उनीवीच आधिकारिक बिबाह भएको छैन् । थाई प्रहरीले पत्नी हिमानी वा बाबु ज्ञानेन्द्रलाई मात्र आधिकारिक अभिभावक मान्ने भएकाले अब पारसलाई त्यहाँबाट मुक्त गरेर ल्याउन उनीहरु दुईमध्ये एक जना जानुपर्ने अबस्था छ ।

तर, पत्नी हिमानी र पिता ज्ञानेन्द्र दुवै जना यतिबेला आफन्तको बिबाहका लागि भारतमा छन् । पारसचाहिँ नेपाल आउने पखाईमा बैंककमा अलपत्र परेका छन् ।

- See more at: http://www.onlinekhabar.com/2014/01/161013/#sthash.SuXTL72N.dpuf

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
2020 : Why No Trump !
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Leave messages on US congressman's facebook to support TPS
Business Ideas in Nepal?
legal Query for married nepali girl now have taken US citizenship
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters