[Show all top banners]

BostonKtm

More by BostonKtm
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 अमेरिकी जेलमा नेपाली डक्टर झुण्डिए.. his Photo and the pic of place where he commited sucide..
[VIEWED 4826 TIMES]
SAVE! for ease of future access.
Posted on 12-14-08 5:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अमेरिकी जेलमा नेपाली डक्टर झुण्डिए

अपडेट: एलीग्हेनी काउंटीका मेडिकल अधिकृतहरुले उनको मृत्युको कारणबारे अझै अनुसन्धान जारी रहेको बताएको छ ।

अमेरिकाको पेन्सिलभानियामा कारले एक अमेरिकी नागरिकलाई किचेको र प्रहरीसित बच्न लुकेको अभियोगमा पेन्सिल्भेनिया राज्य अर्न्तगतको एलीग्हेनी काउंटी जेलमा राखिएका नेपाली डक्टर शिवलाल आचार्यले जेलभित्रै आत्महत्या गरेका छन्। स्थानीय समय अनुसार, डिसेम्बर १३ तारिख शनिबार विहान १० बजेदेखि १२ बजेभित्र जेलभित्रै मृत्युभएको जानकारी जेल प्रशासनले उनका एक नातेदार (भान्जा) रमेश लामिछानेलाई शनिबार राती ९ बजे फोन गरेर दिएको थियो । स्मरणीय छ, उनलाई मान्छेलाई किचेर मारेको, तेश्रो तहको हत्या, पुलिसलाई छक्याउदै भागेको, दुर्घटनापछि पुलिसलाई खबर नगरेको र थुप्रै ट्राफिक नियमहरु उलंघन गरेको लगायतका ७ वटा आरोपहरुमा गत सेप्टेम्वर देखि थुनामा राखिएको थियो । जेलमा आत्महत्या गर्दासम्म जेल प्रशासनलाई सुँइकोसम्म नहुनुले त्यहाँको जेलको सुरक्षा व्यवस्था सम्बन्धमा नै प्रश्न उठेको छ। आचार्य मानसिक रुपले विचलित भएकोले विशेष सुरक्षाका साथ उपचार गराउन जेल प्रशासनलाई गरिएको आग्रह बेवास्ता गरिएको आरोप आचार्यका नातेदारले लगाएका छन्।

उनलाई राखिएको जेलको हवाई चित्र (स्रोत: गुगल)


एलीग्हेनी काउंटी जेल, जहाँ भित्र एक नेपाली डक्टरले ज्यान गुमाए (तस्बीर: ऐलेन)

गत सेप्टेम्बर ४ तारिख बिहीबार बिहान त्यस्तै ४ बजेतिर बीएमडब्ल्यु कार चलाएर पेन्सिलभानियातर्फ जाँदै गर्दा उनको कारले विस्कोन्सिन निबासी एक मोटरसाइकल चालकलाई ठक्कर दिएको थियो। बिचरा ती मोटरसाइकल चालक ४६ वर्षका कीथ ब्राउन ठहरै भएछन्। दुर्घटना अनपेक्षित नै हुन्छ। गर्ने नै भनेर दुर्घटना शायदै कसैले गर्ला। तर सेप्टेम्बर ४ तारिख बिहीबार बिहान त्यस्तै ४ बजेतिर त्यो दुर्घटना भएपछि डा. आचार्यले अर्को गल्ती गरे- भागेर। एउटा गल्ती त उनले निर्धारित मापदण्डभन्दा तीब्र गतिमा मोटर चलाएर गरेकै थिए। नेपालमा भए यसोउसो गरेर केही गरी बच्न सकिन्थ्यो होला। तर अमेरिकाको प्रहरी चुप बसेन। हेलिकप्टरसमेत प्रयोग गरी उनलाई पेन्सिलभानियाको प्रहरीले खोज्यो र अन्ततः नजिकैको जंगलमा लुकेर बसेको अवस्थामा फेला पार्‍यो।

आचार्यलाई प्रहरीले फेला पार्दा उनको गोडामा जुत्ता थिएन। जीउमा हाफपेन्ट र सर्ट मात्र थियो। बायाँ निधार चोटपटक लागेको थियो। उनी जंगलको एउटा रुखमुनि लुकिरहेका थिए।

अमेरिकाको सिकागोमा तीन वर्षे रेसिडेन्सी सकेर नयाँ जागिरको खोजीमा पेन्सिलभेनिया जाँदै गरेका थिए ३३ वर्षीय डा. शिवलाल आचार्य। बीएमडब्ल्यु गाडी चलाएर पेन्सिलभेनिया जाँदै गरेका डा.आचार्यलाई बाटोमा पर्ने ओहायो राज्यमा समेत स्थानीय प्रहरीले अत्यधिक गतिमा मोटर चलाएकोमा रोक्न खोजेका थिए। तर उनी त्यहाँबाट पनि उम्किएका थिए। अन्ततः उनको तीव्र गतिले एक जनाको ज्यान लिएरै छाड्यो। सँगसँगै उनले आफ्ना लागि विरानो देशमा आपत पनि निम्त्याए।

आचार्यको घर नेपालमा चितवनमा भएको थाहा भएको छ। आफ्नो चिकित्साशास्त्रको अध्ययन उनले महाराजगन्जस्थित शिक्षण अस्पतालबाट गरेको थाहा भएको छ।
आचार्यलाई पेन्सिलभेनिया राज्यस्थित प्रहरी हिरासतमा राखिएको थियो। उनको मुद्दा लड्नका लागि त्यहाँका नेपालीहरुले चन्दासमेत जुटाएका थिए। र, उनको मुद्दा लडिदिनका लागि एक राम्रो वकीलसमेत खोजिसकिएको थियो। तर जेल प्रशासनको लापरवाहीका कारण नेपालबाट संघर्ष गर्दै डक्टर भएर अमेरिका पुगेका एक युवकको बित्थामा ज्यान गयो। मृत आत्माको चीर शान्तिको कामना !


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
2020 : Why No Trump !
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NOV 18th TPS DAY
Leave messages on US congressman's facebook to support TPS
Business Ideas in Nepal?
legal Query for married nepali girl now have taken US citizenship
Tps decision coming or not nov 18
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters