[Show all top banners]

mahoday

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 ३१ औ ए एन ए सम्मेलनमा कृष्ण पाण्डेय तथा रोहित तिमिल्सिना द्वारा बिश्व किर्तिमानको लागि प्रदर्शन
[VIEWED 1712 TIMES]
SAVE! for ease of future access.
Posted on 07-10-13 7:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ३१ औ ए एन ए सम्मेलनमा कृष्ण पाण्डेय तथा रोहित तिमिल्सिना द्वारा बिश्व किर्तिमानको लागि  प्रदर्शन 

विजय थापा , भर्जिनिया , आषाढ २७ , सबै भन्दा छिटो उल्टो हिज्जे उच्चारण(Fastest reverse spellers )को लागि गिनिज पुस्तकमा किर्तिमान कायम गर्ने उदेश्य लिएर हिडेका कृष्ण पाण्डेयले ,जुलाई ४ ,बिहिबार , ३१ औ ए एन ए ( दि एसोसिएसन अफ नेपालिज इन अमेरिका )न्यु योर्क सम्मेलनमा हजारौ सहभागी बिच प्रदर्शन गर्न सफल भएका छन् l

ए एन ए सम्मेलन स्थलमा अन्य कार्यक्रम बिच कृष्ण पाण्डेयले अहिले सम्मको किर्तिमान कायम गर्नेले एक मिनेटमा गरेको उल्टो हिज्जे उच्चारण(Fastest reverse spellers )भन्दा केहि शब्दहरु बेसी उल्टो उच्चारण गर्न सफल भएका छन् l भर्खर गिनिज पुस्तकमा दूरदर्शन (टेली भिजन )को ईतिहासमा ६० घण्टा भन्दा ज्यादा कार्यक्रम चलाएर किर्तिमान कायम गरेका बिश्व कीर्तिमानी रवि लामिछाने उनलाई प्रश्न सोधेका थिए lसबै प्रश्नको जवाफ १ मिनेट भित्र करिब ३० भन्दा माथि दिएका थिए र ३० भन्दा माथि नाघ्ने बितिक्कै किर्तिमान भंग हुने हुनाले त्यो काम पाण्डेयले सरल तरिकाले जवाफ दिएका थिए l पुरानो किर्तिमान भंग भएको बुझिएको भएता पनि गिनिज पुस्तकको लागि धेरै कुराहरु बुझाउनु पर्ने भएकोले आधिकारिक पुष्टी र प्रमाण पत्र प्राप्त नहुन्जेल सम्म पुरानो अभिलेख (रेकर्ड )लाई मानिने हुन्छ lसगरमाथा र गौतम बुद्धलाई बिश्वमा नेपालको पहिचान गराउन यो कदम चालेको पाण्डेयले बताएका छन् l

यसै गरि कृष्ण पाण्डेयले प्रदर्शन गरे पछि अर्का बिश्व कीर्तिमानी चार पटक गिनिज पुस्तकमा आफ्नो नाम लेखाई सकेका रोहित तिमिल्सिनाले ३१ औ ए एन ए ( दि एसोसिएसन अफ नेपालिज इन अमेरिका )न्यु योर्क सम्मेलनमा पाचौ पटक बिश्व किर्तिमान कायम (गिनिज पुस्तक )गर्ने घोषणा अनुसार एक मिनेट भित्र १५० जना भन्दा बेसी(झन्डै दुई सय )लाई हातमा हात हिर्काउदै (हाई फाई )'गर्दै बुद्ध जन्मेको ठाउँ लुम्बिनी नेपालको भ्रमण गरौ ' भन्दै बिश्व किर्तिमान कायमको लागि सफल भएको बुझिएको छ lउनले पनि कार्यक्रम बिच हजारौको संख्यामा उपस्थित दुई तर्फ मानिस उभ्याएर दुवै हातमा हातमा हाई फाई (हिर्काउदै ) यो काम फत्ते गरेका छन् तर सबै कुरा गिनिज पुस्तकको प्रधान कार्यलय लन्डनमा बुझाए पछि आधिकारिक घोषणा गर्ने छ l

उनले यस अगाडी पहिलो २००८ मा टेनिस बल (गोलि ) २१ वटा एक हातमा राखी १४:३२ सेकन्ड राखेका थिए ,दोश्रो ११६ जना लाई १ मिनेटमा चुम्बन गरि किर्तिमान कायम गरेका थिए (बिश्व एड्स दिवसको )तेश्रो बिश्वको सबै भन्दा लामो हस्त मिलाप (ह्यान्ड सेक ) ३३ घण्टा ,३ मिनेट थियो भने त्यो उनि र उनका भाइ सन्तोष तिमिल्सिनाले किर्तिमान कायम गरेका थिए lचौथो २४ वटा गल्फ गोलि (बल ) २०११ मा १० सेकन्ड सम्म एक हातमा राखेर बिश्व किर्तिमान कायम गरेका थिए l 

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
legal Query for married nepali girl now have taken US citizenship
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters