[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४६--

[Please view other pages to see the rest of the postings. Total posts: 506]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE






[VIEWED 219439 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 02-16-07 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
          
--चौतारी -- भाग ४६ --

चौतारी:

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running for 514 days (as of 02-03-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 44 editions.
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


फोटो कपिराइट : नमे

चौतारी-४४
  • चौतारी-४३
  • चौतारी-४२












  •  
    Posted on 02-22-07 1:56 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    चित्रेभाइ! झर्को डिनर नि गर्न मुन लाए चै झर्को तिमी नै बाल्नु अनि समातेर बस्नु :) यटलिस्ट एकजनालेत पेट भरि खान पर्यो नि :) :P नरिसाउहै

    हत्तेरिका यो हरिले के कुरा गर्या त्यो पैसा दिदी बहिनीको लागि हो । के तिमी नि बहिनि हो र राहुलदा को ?? यो हरि त जता खान पाउछ तेतै लाग्ने रछन बाइ।:)
    राहुलदाले चिलीम तान्दा चिलिमे हुन बेर नलाउनि अनित्या'ट अम्रिकान पैसो पाउछ भुनेर बुइनी नि भै हाल्ने

    हे हे म त सिनेमा हेर्दा निदाउछु क्यार । अनिखेरि लास्टाँ जुन हेर्यो तेहि मन परिहाल्छ। तेसैले मैले सबभन्दा पछिल्लो पटक हेरेको ..... अस्ति मात्र... नेपाली चलचित्र 'कुसुमेरमाल' :)
    तृप्ती र उदित नारायण खुब मनपर्यो :D :D
    *********************
    '<<<<<<'शुभ नानी अनि ठुलनानी,
    जिन्दगीमा एक फेर बिहे गरेर कर्मकाण्ड पुगिसक्यो, दोस्रो बिहे ? अहं, बनबास् जान्छु, जोगी हुन्छु, बिहे चाँही औरेजीमा "नो" । '>>>>>>
    तेसैले त राहुलदा अरुलै' बिहेमा बोलाऊ है' भन्नु भन्दा कतै ......हउरले भुने अस्तै ...दोस्रो बिहे ? अहं, बनबास् जान्छु, जोगी हुन्छु, बिहे चाँही औरेजीमा "नो" । '>>>>>>भन्ने मान्छे पो हुन कि भनेर सोच्न पर्यो नि :)
     
    Posted on 02-22-07 1:56 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    रहुल दाइ भो धरै स्बाङ्ग नपर्नुस् । मन मनै पाए १० जन केति नि बिहे गर्चु भन्दै होला।

    हे हे हे हे लौ जम् भने जम् त नि चित्रे :प्
     
    Posted on 02-22-07 2:07 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    बाफ रे चौतारिमा त कति रमाइलो बिहेको कुरा पो चलि राको रछ।के गर्नु राहुलदाइ,आफु त दाइ जस्तै परियो,उहिले बिहे गरियो।

    गाउँलेहरु सबैलाइ नमस्कार छ है।
     
    Posted on 02-22-07 2:13 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    नानु जी भन्दा पहिला बिहे गरेर पछुताउने मै हुं क्यार । त्यसै चिलिमे भएको हो यो राहुले ?
     
    Posted on 02-22-07 2:13 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    नमस्ते नानुदा:)
     
    Posted on 02-22-07 2:21 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    नमस्ते शुभ बहिनि।कहाँ त्यस्तो पछुतोको कुरा गर्‍या भन्या,भाउजुले फेरि कुचोले हान्नु होला है।
     
    Posted on 02-22-07 3:56 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    जम्मै लाखापाखा लाईसकेछन, यूरे हरु पनि सुतिसके क्या हो?
     
    Posted on 02-22-07 4:07 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    ए हरी, म सुत्या छैन, गीत सुनिरा' म त।
    अब यौटा कमेडी हेर्न लागेको। बल्ल त १० बज्यो, कहाँ सुत्नु नि यति चाँडै? :)
    तिमी चैं काममै हो?

    शुभ दिदी, झर्को भनेको चैं के हो नि? मैले त बुझिनँ।
     
    Posted on 02-22-07 4:23 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    हरी सरी जवाफ फर्काउन ढीलो भ'को मा । 'मन्तयेक ला' भनेको 'मन चङ्गा छ?' भनेर आरामबिरामको हालखवर सोधेको मानिछु के रे । खास मा यो भन्दा खेरी ' तारेमाम हरी मन्तयेक ला' भनेर भन्नु पर्ने हुन्छ । 'मूड फ्रेस छ?' भन्ने क्याजुअल तरीका । 'सञ्चै?' भनेजस्तै 'म्ह फुला?' भन्ने चलन नि छ तर त्यस्तो भन्दा खेरी भर्खर बिरामि परेर तङ्ग्रिएको अर्थ नि लाग्छ कहिलेकाहि । त्यसैले चौतारीमा 'मन्तयेक ला' नै मिठो होला, मूड फ्रेस नभए चौतारीका गाम्लेरुसित बात मार्या मज्जा आउन्न नि, त्यसैले ।
     
    Posted on 02-22-07 4:28 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    चित्रे कमेडी हेर्न लाको रे? कस्तो कमेडी हो, हामी नि हेर्थिम नि था पाए त, अब त साउकाँ बाट निस्किन एउ घण्टो बाँकी हो, अनि त तीन दिन आनन्द!

    चने, ढिला भा छैन, चौतारीआँ झर्ने भन्या, अब चाँजोपाँजो त मिलाएरै आउनु परो, ट्याम त लाईहाल्छ नि। 'मन्तयेक ला?'
     
    Posted on 02-22-07 4:35 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    ह्यारि पनि मन्तयेक ला? कि लाग्यो सूर्?
    साउकाँ बसेरै चिलिम् हो कि तीन पाने?
    साउ लाई खुश् पार्ने राम् बाण हो त्यो, एक् चिलिम् तान्ने दिने साउ लाई, जिन्दगि भरि ह्यारि को चाकडि गर्छ त्यस्ले, ब्रो चिलिम् छैन भन्दै।
     
    Posted on 02-22-07 4:48 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    क्यार्नु खै, आफु त चिलिम-निषेधित क्षेत्राँ फँसिया छ, ठुल्दाइले फिरि चिलिम कै बखान गर्दिने क्या । खै ठुल्दाइ यस्स कविता सविता सुनाउनि हैन भन्या ।

    आफु त चिलिम बाइबाइ गरन्ति - बरु कालो पदार्थ शरणम गच्छामि । डबल स्पुन कालोपदार्थ तातोपानिमा घोल्यो अनि तान्यो सिप्प सिप्प । हे हे .
     
    Posted on 02-22-07 5:09 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    कुन चाँही कालो पदार्थ नि फेरी, हाम्रो युबराज ले यो भन्दा पहिलेको युबराज लाई ल्यदिएको जस्तो हो कि?
    आज नेपाली साहित्य क्षितिज का एक नक्षत्र को अबसान भएको खबर सुनें ( मोहन् कोराला)। सबिता कबिता रमिता सब रोएकी छे ।
    एउटा सानो शोक सबिता छ, अर्को गाम मा पढिदिनु होला, श्रदान्जली अर्पण गर्नु होला ।
     
    Posted on 02-22-07 6:24 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    उचाल्देको!
     
    Posted on 02-22-07 7:23 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    तारेमाम गाम्लेहरु! मन्तयेक ला?
     
    Posted on 02-22-07 7:29 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    तारेमाम गाम्लेहरु! मन्तयेक ला?
     
    Posted on 02-22-07 7:39 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    के छ राहू बूडा हालखबर? खै त्यो चिलिम पास गरौं त!

    एउटा कुरो के राहू बूडा, तपाईँ अलाहाबादमा हुँदा सुरेश हाडा भन्ने साथी हुनुहुन्थ्यो? तपाईँसंगै अथवा जुनियर/सिनियर के हो?
     
    Posted on 02-22-07 7:45 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    गोतामे बुढा तमाखु छोडेर चिलिम तिर? प्रगती छ । सबैले प्रगती गरुन ।
    गोतामे गुरु, सुरेश हाडा दाइ लाई कसरी चिन्नु भयो? कृपया खुलस्त गर्नु होला, सुरेश दाई म भन्दा ४ बर्ष सिनियर्, तै पनि ६-७ महिना संगै थियौं । इन्जिनियरिङ्ग सक्ए पछि पनि ब्यक्तिगत काम बिशेष ले बस्नु भएको थ्यो ।
     
    Posted on 02-22-07 8:08 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    राहू बूडा, जागिर खाँदा चिनेको हो सुरेश हाडा सरलाई। हामी भन्दा पाँच-सात वर्षै सिनियर भएपनि गफ-सफ दिन, रमाईलो गर्नचैं हामी भन्दा पनि खतरा क्या!

    उसो भा' तपाईँ भन्दा केहि जुनियर राजीब ठाकुरलाई चिन्नुहुन्छ? मेकानिकल तिरका साथी हुन्। जागिर खाँदाकै साथी हुन् मेरा एकदम आत्मीय।
     
    Posted on 02-22-07 8:29 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    हन यो नेपालिया जात बिदेशाँ भास्सेसि मोट्टाउनै पर्नि भन्या छ र? उइले उइले रुसाँ पड्न जानेअरु आलुमात्तै खा'र नि बुंगुर मोट्टाए झै मोट्टाउछन भन्थे, प्यान्टा भित्रि ३ बित्ता दोबारेर सिला'थो रे - कान्छो दमैले सुनाको मलाइ । उता पुगेसि सिलाइ उधार्दै प्यान्ट फुकाउदै मोट्टाको कम्मराँ फिट । जल शाह मोट्टाको फुटो हेरेसि यो कुरो याद आओ क्या । हाउँरा चौतारिया गाम्लेहरु नि मोट्टाका पो छन कि?
     



    PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 365 days
    Recommended Popular Threads Controvertial Threads
    TPS Re-registration case still pending ..
    ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
    tesla stock OMG !!
    TPS for Nepal likely to extend next week
    Conservative discussions
    सालीको चाक
    TPS To F-1 COS
    Embassy of Nepal might be able to help extend TPS for Nepal
    I hope all the fake Nepali refugee get deported
    Those who are in TPS, what’s your backup plan?
    Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
    Venezuela TPS lawuit
    ChatSansar.com Naya Nepal Chat
    Who is hottest nepali female?
    Looking for girl
    TPS for Venezuela is terminated, only 60 days extension for transition period
    TPS to F1 Status.
    Nepal TPS has been Extended !!!
    legal Query for married nepali girl now have taken US citizenship
    Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
    Looking for girl
    Who is hottest nepali female?
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters