[Show all top banners]

Geology Tiger
Replies to this thread:

More by Geology Tiger
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
  नाइँ भन्नुस् है!

[Please view other pages to see the rest of the postings. Total posts: 25]
PAGE: <<  1 2  
[VIEWED 34582 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 12-28-11 2:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     12       ?     Liked by
 

 नाइँ भन्नुस् है!

दुई चार महिना अघि होला बजारमा एउटा नेपाली सिनेमा आएको थियो 'नाइँ नभन्नुस् है' भन्ने । हुन त राम्रै शिर्षक राखेका हुन् यस सिनेमाका निर्माता र निर्देशकले, एउटा केटाले केटीसँग अथवा एउटा केटीले केटासँग प्रेम प्रस्ताव राख्दा 'नाइँ नभन्नुस् है' भनेर आग्रह गर्नु स्वभाविकै हो । तर त्यही नाइँ भन्न नसक्नाले एउटा बन्दै गरेको सम्बन्ध भत्किन पनि सक्छ भन्ने कुरा शायद मलाई जस्तो त्यो सिनेमाको निर्देशकलाई थाहा नहुन सक्छ । हुनत यो नाइँ भन्न नसक्ने बानीले मलाई धेरै नै हानी पुर्याएको छ । तर आज साझामा राखिएको एउटा तस्बिर हेरे पछि नाइँ भन्न नसक्नाकै कारणले भत्किएको एउटा सम्बन्धको याद आयो ।

सम्बन्धको सुरुवात भने म अम्रिका छिरेको केही समय पछि नै भएको थियो । त्यतिबेला अहिले जस्तो फेसबुकको एक छत्र राज थिएन । हाइफाइव लगायत अन्य धेरै सामाजिक संपर्कको जालोहरु जिवितै थिए । अझ नेपालमा त हाइफाइवकै बोलबाला थियो । अम्रिका छिर्दासम्म पनि मलाई फेसबुकको बारेमा उति सारो ज्ञान थिएन । स्कूलमा गएर पढ्ने, कहिलेकाँही साथीभाइहरु जम्मा भएर रमाइलो गर्ने बाहेकको अधिकांश समय कि त हाइफाइव चलाएर बित्थ्यो कि त मेसेन्जरमा नेपालमा भएका साथीहरुसँग च्याट गर्दैमा । हाइफाइबमा बिशेष गरेर राम्रा राम्रा तरुनीहरुको प्रोफाइल चाहर्नु पनि रमाइलै हुन्थ्यो । यस्तैमा एक दिन मलाई एउटा फ्रेन्ड्शिपको रिक्वेस्ट आयो, एउटा सुन्दर युवतीको । उनको प्रोफाइल राम्रोसँग हेरे, त्यहाँ राखिएका तस्बिरहरु पनि एक एक गरेर हेरे । मलाई अचम्म लाग्यो 'हैन यस्तो राम्रो केटीले मलाई किन फ्रेन्ड्शिपको रिक्वेस्ट पठाएको होला?' । मैले उनलाई फ्रेन्ड्शिप रिक्वेस्ट पठाएकोमा धन्यवाद दिदै नचिनेको मान्छेलाई किन यस्तो रिक्वेस्ट पठाएको भनेर एउटा म्यासेज पठाए । उनको जवाफ थियो 'मैले हाइफाइव चलाऊदै गर्दा कतैबाट तिम्रो प्रोफाइल देखे । अनि तिमीले आफ्नो बारेमा लेखेको पढे, मलाई धेरै राम्रो लाग्यो । त्यही भएर मैले तिमीलाई साथी बनाउन चाहेको।' 'ए राता मकै! हैन के लेखेछु त मैले आफ्नो बारेमा?' मैले आँफैले आफ्नो बारेमा लेखेको कुराहरु दोहराएर पढे, तेहराएर पढे । अनि 'ए ठिकै लेखेको रहेछु' जस्तो लाग्यो ।

हाइफाइवबाट सुरु भएको हाम्रो सम्बन्ध बिस्तारै फोन नम्बर आदानप्रदान भएर फोन वार्तालाप र टेक्स्टिङमा आइपुग्यो । साँझपखदेखि सुरु हुने टेक्स्टिङमा बिहान हुँदासम्म थुप्रै म्यासेजहरु आदानप्रदान भैसकेको हुन्थ्यो । उनलाई घरबाट मलाई फोन गर्न अफ्ठेरो हुने हुनाले धेरैजसो आफ्नो काममा आउँदा र जाँदा फोन गर्ने गर्थिन् । पछि कुरा गर्दै जाँदा थाहा भयो उनीले भर्खर अन्डरग्र्याजुयट लेभलको पढाई सकाएर काम थालेकी रहिछिन् । नेपालमा प्लुसटु सकाउने बित्तिकै हरियो पत्ता पाएर उनी परिवार सहित अमेरिका छिरेकी रहिछिन् । उमेरमा म भन्दा ५-६ बर्षै कान्छो भए पनि उनी मलाई तिमी नै भनेर सम्बोधन गर्थिन् जुन मलाई पनि नराम्रो लागेको थिएन । हामी फोनमा धेरै समय कुरा गर्थ्यौ । हाम्रो चिनाजानी भएको केही महिनामै उनको जन्मदिन परेकोले उनलाई मैले सानो उपहार पठाएको थिए । मैले पठाएको उपहार पाउँदा उनी सार्है खुशी भएर मलाई फोन गरेकी थिइन् र हामीले घण्टौ कुरा गरेका थियौ ।

मलाई बोस्टन शहर सार्है रमाइलो लाग्छ र आत्मीय पनि । बोस्टन शहर घुमिरहदा मलाई आफू काठमाडौंमा नै रहेको भान हुन्छ । म बर्षमा एक चोटि सधैं बोस्टन पुगेको हुन्छु । हुन त मेरो परिवारको सदस्यहरु त्यहाँ भएकै कारणले पनि त्यसो भएको हो । तर वास्तवमै भन्नुपर्दा मलाई अमेरिकामा मनपर्ने शहरहरु मध्ये बोस्टन पहिलो नम्बरमा पर्छ । हाइफाइव र फोनमा धेरै कुराकानी भए पनि हामी दुईले प्रत्यक्ष भेटघाट गर्ने मौका भने पाएका थिएनौ । त्यो बर्षको समर बिदामा मलाई नेपाल गएर फर्कनु पर्ने थियो र नेपालबाट फर्किदा म लगभग १० दिन जति बोस्टनमै बसे । तर दुर्भाग्य उनी पनि आफ्नो परिवार सहित कतै छुट्टी मनाउन गएकोले त्यो बसाइमा उनीसँग भेट भएन । एक अर्कालाई भेटेरै कुरा गर्ने दुबैको रहर पुरा हुन सकेन । ठिकै छ नि त यो चोटि नभए अर्को चोटि त पक्कै भेटौँला भन्दै आफ्नो मनलाई बुझाए । बोस्टनबाट फर्किए पछि मेरो बसाइ कोलोराडोतिर सर्यो । तर यसले हाम्रो फोन संपर्कमा भने कुनै असर पुर्याएको थिएन । हाइफाइवबाट भने हामी बिस्तारै फेसबुकतिर सरिरहेका थियौ । उनी मलाई कहिलेकाँही 'मेरो त केटो छ है' भन्थिन् । तर मलाई पुरा विश्वास थियो कि उनी पूर्ण रुपमा मलाई नै चाहन्छिन् र मलाई पनि उनको त्यतिकै चाहना थियो । हामीलाई केवल एउटा भेटको मात्रै पर्खाइ थियो । जुन भेटम हामी आफ्नो मनमा लागेका सबै कुराहरु धक फुकाएर गर्नसकौ ।

समयले सिंगै एक बर्षको फड्को मार्यो । फेरि मेरो बोस्टन जाने दिन आयो । तर यो चोटिको मेरो बोस्टन घुमाइ सार्है नै व्यस्त हुन संकेतहरु मैले पहिले नै पाइसकेको थिए । त्यो बर्ष बोस्टनमा एनएको सम्मेलन हुँदै थियो र त्यो सम्मेलनमा सहभागी बन्ने मेरो पहिले देखिकै योजना थियो । त्यही समयमा मलाई शिकागो देखि नायगरा फल्ससम्मको यात्रामा पनि जानु पर्ने थियो । यस्तै गरि अरु थुप्रै कामहरु थिए । तर म जहाँ भएर जे गर्दै गरेको भए पनि मैले आफ्नो हरेक गतिविधीको जानकारी उनलाई गराइरहेको हुन्थे । बोस्टनमा भएको एनए आशा गरे झै नभए राम्रो नभए पछी मैले त्यसमा आफ्नो सहभागिता छोट्याए तर शिकागो देखि न्यूयोर्क घुम्दा घुम्दै मेरो धेरै समय चाँही स्वहाँ भैसकेको थियो । तर पनि उनलाई भेट्न तय भएको केही दिनहरु मसँग अझै बाँकी थियो । उनले मलाई बोस्टनमा रहेको युद्द सम्बन्धी एउटा पुरानो संग्रहालय लैजाने प्रस्ताव गरेकी थिइन् जसलाई मैले सहर्ष स्विकार गरेको थिए । मलाई लोभ थियो उनको र संग्रहालयमा राखिएका सामाग्रीहरुको तस्बिर उतार्ने । त्यो बेला मसँग भर्खर किनेको निकोन डिएसएलआर क्यामेरा थियो । त्यसैले पनि म बढी उत्साहित थिए । उनलाई मैले १ बजे भेट्ने समय दिएको थिए । आँफैले गाडी लिएर जादा पार्किङको समस्या आउने हुनाले बसबाट आउनु भन्ने सल्लाह दिएकी थिइन् उनले ।

नजिकै रहेका एक जना सिनियर दाइलाई भेट्ने काम पनि सकाइहाल्छु भन्ने उद्देस्यले म ११ बजेतिर ती दाइको घरमा गए । खासमा उहासँग दुईचार भलाकुसारी गरेर भाग्ने मेरो दाउ थियो, तर त्यहाँ त पार्टी नै पो रहेछ । ल बस कुरा गरौ अनि खाना खानु पर्छ भन्न थाल्नुभयो । मैले होइन दाइ मलाई अलि हतार छ भन्दा भन्दै पनि नाइँ चाँही भन्न सकिन । मलाई लाग्यो म खाना खाएर निक्लन भ्याउँछु । पछी त उहाँले मेरो परिवारबाट अरुलाई पनि बोलाउनुभयो । अब मलाई थाहा भैसकेको थियो कि म नराम्रोसँग फँसे । एक छिन एक छिन भन्दा भन्दै उनलाई मैले भेट्न दिएको समय आउनै लागिसकेको थिए । मैले उनलाई फोन गरेर आफू कुनै जरुरी काममा फसेको र आउन केही ढिला हुने बताए । तर दाइकोमा म यस्तरी फसे कि मैले उनलाई फोन गरेर पछिल्लो पटक दिएको समयमा पनि पुग्न नसकिने छाँटकाँट देखियो । उनी निर्धारित ठाउँमा आइपुग्दासम्म पनि मैले बस चढेको थिइन । मैले पटक पटक फोन गर्दै उनलाई आफू आउँदै गरेको जानकारी दिइरहेको थिए । तर बस चढ्नु भन्दा ठीक केही मिनेट अघि फोन गर्दा उनको फोन उठेन, त्यतिबेलासम्म लगभग आधा घण्टा भन्दा बढी नै ढिला भैसकेको थियो । यसरी पटक पटक फोन गर्दा पनि उनले फोन उठाइनन् । मेरो मन भत्भत पोले झै भयो अनि यो पनि पक्का भयो कि उनी अब त्यहाँ छैनन् । 'अब के जानु?' म अमिलो मन लिएर घर फर्किए । फेसबुकमा उनको एउटा म्यासेज आएको रहेछ ' यसरी पर्खाएर भेट्न नआउनेहरुलाई म साथी बनाउँदिन, आज देखि तिम्रो र मेरो सबै सम्बन्ध सकियो' । यति म्यासेज लेखेर उनले मलाई आफ्नो फेसबुकबाट पनि हटाइछिन् । सार्है नरमाइलो लाग्यो । मलाई अब उनलाई फोन गर्न पनि मन लागेन । एउटा भर्खर बन्दै गरेको सम्बन्ध गर्ल्यामगुर्लुम्म ढल्यो । आखिर भेटसम्म पनि गर्न पाइन । मैले उनलाई प्रत्युतर पठाउदै क्षमा मागे र साथमा यो पनि लेखे कि यदि उनी मेरो भूलको सजाय एउटा सम्बन्धको अन्त्य गरेर दिन चाहन्छिन् भने म त्यसलाई स्विकार्ने छु । यस पछि मैले कहिल्यै उनीसँग संपर्क गर्ने कोशिस गरिन ।

आज साझामा अनायासै उनको तस्बिर देख्दा बिगतका ती केही मिठा र धेरै तिता पलहरु फेरि सम्झिन पुगें । यदि मैले त्यो दिन ती दाइलाई नाइँ भनेर समयमा नै हिंड्न सकेको भए... मैले जीवनमा नाइँ भन्न नसक्दा धेरै दु:ख पाएको छु । वास्तवमा चाहिने ठाउँमा नाइँ पनि भन्नसक्नु पर्दोरहेछ नत्र भने सबैतिर भद्रगोल मात्र हुँदोरहेछ ।



 
Posted on 12-29-11 9:42 PM     [Snapshot: 1365]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@binodb: सुझावको लागि धन्यवाद! तर यो कथा हो कि वास्तविकता हो भनेर निर्णय गर्ने अधिकार यहाँ जस्ता पाठकहरुकै हो । तर एउटा कुरा के हो भने यदी यो वास्तविकता भएर पनि यहाँलाई काल्पनिक लाग्यो भने मैले आफ्नो प्रस्तुतीमा धेरै नै सुधार गर्नुपर्ने हुन्छ । कथा लेख्ने यो मेरो प्रयास साझामा पहिलो हो । आउँदा दिनहरुमा यहाँहरु सबैको सुझाबलाई ध्यान दिने छु ।

@peacesoul: बुँदागत रुपमै कथाको बिश्लेषण गरिदिनु भएकोमा र कथालाई मनपराइदिनु भएकोमा ज्यादै आभारी छु ।

@baire: अब बैरेले नै त्यसो भने पछी नाइँ भन्न त मन लागेको होइन तर फेरि पनि नाइँ भनिन भने बार्ह्र बर्ष रामायण पढायो सिताको पोइ को भने जस्तो हुने हो कि?
 
Posted on 12-30-11 4:37 PM     [Snapshot: 1508]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साधारण कथा बस्तु को एक दम उत्कृष्ट प्रस्तुती , जि टि दाई को कबिता को त म फ्यान थिए नै अब देखी लेखाइ को नि भये है
 
Posted on 12-30-11 5:17 PM     [Snapshot: 1533]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GT ब्रो दिल फेकं छ भन्या त होइन रेछ तर एउटा कुरा नि जिन्दगी मा तेस्ता घटना त हरेक क्षेत्र मा भै रहन्छन होइन र? GT ब्रो लाई कस्तो याद आइ रको। भित्रै सम्म छोको रेछ जे होस्      

 
Posted on 12-30-11 5:34 PM     [Snapshot: 1548]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kt ले चाइ  सोच्या होला पहिलो भेट मै बेस्करी कुराउने लाई के भनुम र खै। लेखाइ चाइ सलल बगेको नै हो मान्नै पर्छ

 
Posted on 01-06-14 9:46 AM     [Snapshot: 3836]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जितु दाइले  बघिनी भाउजु पाउन लेख्या रैछ, अनि कहाँ बाट खाएर मिलोस त त्यो केटि संग मन ..... 

हुन त डमरु भतिजले फुर्सद नदेको होला तर एस्सो मनको कुनाकाप्चा छामछाम छुमछुम गरम त पुराना  कथा निस्की पो हालचा कि ....... पुरानालाइ नया बनार  कथा जाओस न ल 

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters