[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 झन्डै बोर्ड !!!!!!!!

[Please view other pages to see the rest of the postings. Total posts: 53]
PAGE: <<  1 2 3 NEXT PAGE
[VIEWED 49257 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 06-25-09 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

झन्डै बोर्ड......................................


 


हाम्रो टोल छिमेकमा एक जना डाक्टर साहेब बस्नु हुन्छ । डाक्टर बालक राम । असली नाम उहांको राम मान,  तर टोल छिमेकमा डाक्टर बालक राम भनेर चिनिनु हुन्छ । कारण सरल छ, सबल छ । उहाँ आफुलाई देश कै सबैभन्दा वरिष्ठ बालरोग बिशेषज्ञ मान्नु हुन्छ वा देखाउन चाहनु हुन्छ । उहाँको घरको भित्तामा देशकै सबैभन्दा ठुलो आकारको डाक्टरी साइनबोर्ड झुन्ड्याइको जो कोइले देख्न सक्नु हुन्छ । कुल लम्बाइ १८ फिट र चौडाइ साँढे ३ फीट । साथै घरको चार किल्लामा ५ ठाउँमा आफ्नो बिज्ञापन टास्नु भएको छ । यसमाने मा उहाँ देश कै सर्बाधिक वरिष्ठ डाक्टर साहेब हुनै पर्छ भन्ने ठहर् टोलबासी को छ ।
 
डाक्टर साहेब अत्यन्त ब्यस्त मात्र होइन एकदम बिजी हुनु पर्दछ। यो अन्दाज मात्र होइनन, प्रमाणहरु पनि यथेष्ट छन ।  महाराजगंज कान्तिबाल अस्पातलको बाहिर को औषधी पसल देखी लिएर बानेश्वर चोक। बानेश्वर चोक देखिओ कोटेश्वर महादेबस्थान। कोटेश्वर देखी टंकेश्वर सम्म उहाँको साइनबोर्ड भाको क्लिनिक पुग न पुग ५९ वटा छन रे टोलका बेरोजगार भाईहरुले सर्भे गरेको। त्रिपुरेश्वर पशु चिकित्सालयको बाहिर पट्टी को औषधी पसलमा उहाँको साइनबोर्ड झुक्किएर राखेको हो कि आँफै राखेको त्यो चाँही थाहा भएन।
 
 यदी तपाईं  बिरामी लिएर  उहाँको घर वा काठमाडौ भरी फैलिएको क्लिनिक जहाँ देखाउनजानु भए  तपाईं को घर ठेगाना पुरै लिनु हुन्छ । एकहफ्तामा पनि फोलो अप गर्न नआएमा उहाँ आँफै घर पुग्नु हुन्छ। यसमाने मा डाक्टर साहेब को काम प्रतिको लगनशिलतामा कुनै शंका छैन। (किन आएनन भन्ने तिर सोच्ने डाक्टर साहेबको फुर्सद नै हुँदैन) ।  ओखती डाक्टर राम मान को राम वाण नै हुने गर्छ रे। किन कि दोस्रो पल्ट दोहरिएर त्यो बिरामी उहांको जानु पर्दैन वा जादैनन रे। यसमाने मा डाक्टर साहेब आँफैमा गर्ब  गर्नु हुन्छ र कहिले काहीँ टोल छिमेकमा भोजभतेरमा ४-५ गिलास जुस रित्याए पछी भन्नु हुन्छ ।


 



जुस लागेको बेला अरु पनि गर्ब को कुरा सगर्ब भन्ने गर्नु हुन्छ । उहाँ नै पहिलो नेपाली रे जसले चाइना गएर इङ्लिश मा पढेको रे। चाइना मै डि सि एच गरेको पहिलो नेपाली रे। पहिलो नेपाली विद्यार्थी संगठन को अध्यक्ष रे। डाकटर साहेब अझ थप्नु हुन्थ्यो। अरु त सब नक्कली बाल बिशेषज्ञ रे। बंगलादेशबाट नि डिसिएच हुन्छ ? नाक खुम्च्याउनु हुन्छ । डिसिएच भनेको के हो भनी एक जना टोलकै भाईले सोध्दा डाक्टर साहेब ले भन्नु भयो।


 


"डिसिएच भनेको बाल रोग सम्बन्धी सबै भन्दा ठुलो डिग्री हो, पी एच डि भन्दा नि ठुलो। डाकटर अफ चाइल्ड हेल्थ । "


यो पंक्तिका लेखकको ज्ञान ले त डिसिएच भनेको कुनै डिग्री होइन भनेर पढेको। डिप्लोमा इन चाईल्ड हेल्थ भन्ने १० महिने तालिम हो भन्ने मेरो धारणा फेल खायो। तै पनि डाक्टर साहेबअको तर्क गर्न सक्ने क्षमता र तर्कबाट फरक्क फर्केर मुक्का हान्ने अर्को क्षमता सँग परिचित भाकोले शायद नै डाक्टर साहेब सँग पङा लिने गर्छु ।



डाक्टर साहेब को बाल्यकाल हाम्रै टोलमा बितेको र आफ्नै बिरादरीका। यो पंक्तिकार भन्दा २ ब्याच सिनियर। सानो हुंदा नै उहां अजङगको हुनु हुन्थ्यो। गुच्चा, तेलकासा, आसपास, घ्वाइं जे पनि खेल्नु हुन्थ्यो। अजातशत्रु भन्दा फरक पर्दैन। उहाँ हार्नु हुन्न। हराइयो भने षड्यन्त्र भाको ठहर् हुन्थ्यो। खेलमा आफु हारियो कि अर्का दाँत झारियो । हरेक दिन कोइ न कोइ को राम धुलाई नगरी खाना खानु हुन्न थियो बालक राम ।



सबै भन्दा रोचक काहानी त उहाँ हाइस्कूल पढ्दा तिर को छ । जुनियर् भाको नाताले उहाँको गर्बिलो कृयाकलाप नजदिक बाट हेर्ने शौभाग्य जो मिलेको थियो ।


 क्रमश:
 


 
Posted on 06-30-09 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे ,
न रिसाम न भन्या , त्यो मुर्दार को चर्तिकला अझ कत्ती बाँकी छ , अहिलेइ रिसाइहाल्यो भने पछी के गर्ने?


 


अमन जी,
हो भन्या एउटै क्लास मा भाको भए त झ्याल को एउटा नि ग्लास बाँकी रहने थिएन होला।


 
Posted on 07-09-09 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झन्डै बोर्ड
भाग ३


जिन्दगीमा फस ट्याम फस भाको खुशी त छदै थियो । जिम्मेवारी पनि। कलम किताब समात्ने हातमा औजार हुन्थ्यो, बाध्यता थियो। भात जोड्ने चिन्ता संगै प्रथम स्थान बर्करार राख्नु को पहाड सामुन्ने थियो।


 


उता मौसी काकी फेरी एउटा भब्य पूजा सामाग्री सहित् चोकमा सवारि हुनु भयो। यसपाली बालक राम पनि थियो। डाक्टर साहेब को भाषामा टोलका सडेगलेका छुल्याह मुल्याह हरु ले चानस लिइ हाले।



"मौसी काकी आज त कसैको बर्थ डे होइन जस्तो छ ? "


"के को पूजा हो ? भाकल हो ? "



काकि पनि के को कम हुनु ।


" यो हीराको म्याट्रिक जाँचको लागि पूजा गर्न आएको"
"बोर निकालेर ल्याउने हीरा हो यो।"


" टोलमा यो भन्दा पढ्ने कोइ छ। स्कूल को सेकेन ब्वाइ हो। हेड मास्टर ले पनि यस्ले बोर निकालेर ल्याउछ भनेको छ।"


" भूत प्रेत पन्छाउन आएको , तिमीहरु जस्ता। "


 


"ए त्यसो पो?"
"हामी ले त ६  किलास मै बोर निकालेको ।"-  एकजना छुल्याह ले खोकी हाले।



"छ किलास मा नि बोर हुन्छ? मलाई उल्लु बनाएको ?"-  मौसी काकिले रिसा जस्तो गर्नु भयो।
"हो भन्या काकी, ६ किलासमा स्कूल को ब्ल्याक बोर्ड निकालेको अनी स्कूल ले हामीलाई निकालेको । हहाअहा ।"


 


मानौ , एस् एल सि को बोर्ड भनेको भगवान भरोसा को चिज हो । आस्था पुज्नु नराम्रो होइन। भगवान प्रती आस्थावान म पनि छु । भाकेर होइन पढेर पो बोर्ड आउछ भन्ने मलाई लाग्दथ्यो।


डाक्टर साहेब ले पढ्नु पढ्नु भयो। हरेक बिहान गणेशजी लाई लड्डु र संगै को सरस्वतिमातालाई पेंडा चधाउन भुल्न हुन्नथ्यो। पढाई अब्बल दर्जाको थियो, शंका छैन। तर चाहिने भन्दा बढ्ता आडम्बर ले अजिब को जन्तु आँफै बन्नु भएको हेक्का चाँही थिएन उहाँलाई। 



जाँच आयो । जाँच सकियो। राम्रो नै भयो भन्ने हल्ला स्कूल मै सुनें । बालक राम लगायत अन्य २ जना को बोर्ड मा आउने सं भावना छ भन्नु हुन्थ्यो हेड सर ।


रिजल्ट् भयो। हाम्रो स्कूल को नाम बोर्ड आउनेहरुकोमा थिएन। बुढानिलकन्ठ र ए भि एमले पन्ना भरेको थियो। सबै निराश थिए। बालक राम को के हाल भयो होला, बुझ्ने चेष्टा गर्ने कुरा भएन नै। गरेको भए राम धुलाई खाने पक्का थियो।


 


एक हफ्ता पछी मार्कशीट आयो। हेड सर लगायत अन्य हस्ती सरहरु बिश्लेषण गर्न तिर लाग्नु भयो।


 अचम्म भयो। बालक राम ले टेस्ट मा प्रथम हुने सुरेश लाई २ अंक ले जित्नु भयो। त्यो भन्दा असली कुरो बालक राम को प्राप्तांक बोर्ड को दशौं स्थान ल्याउने को भन्दा केवल ३ अंक मात्र कम थियो ।



अर्थात झन्डै बोर्ड..................................


मार्कशीट आए देखी बालक राम पनि सडक चोकमा देखिन थाल्नु भयो। मानौ गुप्ताबास को अबधी सकी नयाँ बिजयी मुस्कान का साथ सड्क नाप्न निस्कनु भएको।



टोलका छुल्याह मुल्याहहरुले मौका छोपी हाले।


"ओह राम दाई, कता बाट ? रिजल्ट् भयो रे हो? के भयो ? "


 


बालक रामले बडा गर्ब का साथ भन्नु भयो-


" झन्डै बोर्ड आयो नि "


"यो टोलमा कोइ छ झन्डै बोर्ड आउने ? "



क्रमश:


 
Posted on 07-09-09 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<हो भन्या काकी, ६ किलासमा स्कूल को ब्ल्याक बोर्ड निकालेको अनी स्कूल ले हामीलाई निकालेको । हहाअहा >>


मलाई नि स्कुल ले ८ क्लास मा झन्डै बोर्ड निकाल्या भएर पुरस्कार प्रदान गर्न आट्या थ्यो तर भर्मार चुटाइ पछी माफ पाए



<<बालक रामले बडा गर्ब का साथ भन्नु भयो-
" झन्डै बोर्ड आयो नि "
"यो टोलमा कोइ छ झन्डै बोर्ड आउने ? ">>


हाहाहाहाहाहाहाहाहाहाहाहा यो चाँही साह्रै घत लाग्यो झन्डै बोर्ड 


लौ लौ अझै पेलुम ठुल्दाइ , के बङ्गला मुखी को प्रशाद झै टुच्च हाल्या होला नि कथा , होनाचा ले छोइला कचेला द्या जस्तै दिनु नि


 
Posted on 07-09-09 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झन्डै बोर त हामि नि भाको तर .......पछाडिबाट।
 
Posted on 07-09-09 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो बैरे जता गयो मासुको प्रबर्दन गर्दै हिंड्छ बाSSSS।

<<<"यो टोलमा कोइ छ झन्डै बोर्ड आउने ? ">>>

ऐले हाम्रो ठुल्दाइले देखाइदिन्छ नि!
 
Posted on 07-09-09 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकदमै रमाइलो छ कथा, झन्डै बोर भएर त एस्तो छ, अझ बोर भाको भए के हालत हुन्थ्यो होला


<<हो भन्या काकी, ६ किलासमा स्कूल को ब्ल्याक बोर्ड निकालेको अनी स्कूल ले हामीलाई निकालेको । हहाअहा >>


 
Posted on 07-09-09 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<यो बैरे जता गयो मासुको प्रबर्दन गर्दै हिंड्छ बाSSSS। >>


पुरे बिहीवार नि मासु खान छोड्छन ? सोमबार , बुध्बार, शुक्रबार, आईतवार छोड्नु , मंगलवार , बिहीवार बङ्गला मुखी जानु पर्छ होनाचा कुरी रहा हुन्छ कसरी मासु नखाने , शनिबार त गोर्खे को मासु खाने जन्म हक हो , लौ तिम्रो बिहीवार लाई बुधवार तिर लग ।


के को बर्त हो बिहीवार नि , बङ्गला मुखी हो भने त हुन्न , बङ्गला मुखी को बर्त मा त झन मासु खानु पर्छ अनी धर्म लाग्छ होनाचा को आशिर्बाद नि लाग्छ , Buy One Get One Free झै


 
Posted on 07-09-09 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<बालक राम को के हाल भयो होला, बुझ्ने चेष्टा गर्ने कुरा भएन नै। गरेको भए राम धुलाई खाने पक्का थियो। >> 

बालक रामदाइले त ठुल्दाइको सातो नै खाको रइछ!

अनी अब त बालकदाइ पास भएपछी ठुलदाइ नै होला नि टोल र स्कुलको दादा।।।



 
Posted on 07-09-09 6:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

it made me remember dr. bishnu prasad pandit. that guy is creepy too. he sucks too much money out of patients pocket.

 
Posted on 07-09-09 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धरोधर्म साझा बिर्सी सकेको मलाई ठुल्दाइको कथाले तान्यो। हाम्रो टोलमा पनि एउटा बालक राम डाक्साप छन। यो पाल नेपाल देस जादा देखेको। बडो बिचित्र को महान भएछन। एउटै कोठामा भाका बाउ-हजुर बाउ सँग पनि डाक्तरी तुजुक।


कथा अली दौडाउनु पर्‍यो ठुल्दाइ। समर सकियो भने त जानु पर्यो नि पाठशाला हामी पनि।


 
Posted on 07-09-09 8:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा बालक राम झन्डै बोर्ड भाको रैछन्त !

फेरी मौसी काकी को शान हेर्नु कम छैन !

त्यस्पछी के हुन्छ त ठुल्दाइ?

नारन वेल्कम ब्याक ! यसरी साझा लाई बिर्सनु  भएननी मित्र !
 
Posted on 07-09-09 9:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रित्ठ्स पाट्स, व्हास अप?
 
Posted on 07-10-09 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे ब्रो,
पेल्न त हुन्थ्यो नि छिट्टै , कमबख्त यो समय सधैं जिन्दगी जस्तै अभाव मै रहने भाकोले मनको गतिमा लेख्न सकिन्न। सदभावको लागि आभार।


क्रेजी लोप ,
हैन होला? पछाडिबाट बोर्ड भने जस्तै पछाडि बाटै झूर होला नि। लेखाइ बुझाई ले सब थोक बोल्दछ।


पुरे,
ठुलदाइ सँग के छ र देखाउने। देखाउने जति त डाक्टर बालक राम र मौसी काकी सँग छन नि।


लोके,


बोर्ड आए को भए साच्ची के हुन्थ्यो होला ? १० दिन सम्म भोज चल्थ्यो होला। १० केजी को फूलमाला पहिरी १० दिन सम्म घुम्ने होला।  


जोशीटी,


बालक राम को धुलाई नभेट्ने केवल राहुल बाँकी थियो टोलमा। रिजल्ट् सोध्न गाको भए पक्का पाइन्थो ।


youwanpras


बालक राम त एक प्रतिनिधि डाक्टर हुन। यस्ता धेरै बालक रामहरु हजार छन बजार भरी।


नारायणे ,


हामीलाई बिर्सें नि साझा बिर्सनु  हुन्न। सके सम्म छिटो लेख्ने मात्र होइन सक्याउने यत्न गर्ने छु ।
 
रिट्ठे,


बोर्ड आएको भए दुष्ट छिमेकिले वर्ल्ड कप जित्दा खेरी को देशी च्यानल जस्तो हुन्थ्यो। मौसी काकी को शान कल्ले हेर्ने?



 


 
Posted on 07-10-09 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ho na ho rahule kai karma le Balakram Bord naaako hunuparchha. Rahul next time Bord aaunda vetne ho kee kutai byaj suddha.

 
Posted on 07-23-09 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झन्डै बोर्ड..................
भाग ४ 


बालक राम लाई यती हेक्का भएन वा बालक रामले ठेक्का लिएन , यो टोल कै सुपुत्र ले ३ बर्ष अगाडि मात्र बोर्ड फस्ट नै हानेको याद भएन  उहाँलाई ।



तै पनि उहा गर्ब गर्नु हुन्थ्यो, यो टोलमा झन्डै बोर्ड आउने कोइ छ भनेर ? उहाँ परिवारमा हो, उहाँ बाहेक कोइ थिएन ।


गजधम्म परेर बालक राम हिरो रेन्जर साइकलमा कालेज जानु हुन्थ्यो। अस्कल पढ्ने भने पछी छाती २ इन्च त्यसइ फुल्थ्यो त्यती बेला। बालक राम को त ६ इन्च नै फुलेको हुनु पर्दछ।


 


राहुले पनि ९ बाट १० पुगे पुन: सर्बप्रथम भएर । देवाली मा बालक राम सँग पुन: भेट भयो । चासो भन्दा चियो गर्ने मौसी काकी को बानी सरेको हो या बंशाणुगत गुण सरेको थाहा भएन। मसँग बात मार्न आइहाल्नु भयो। शायद अरु गफाउने मान्छे न भएर पनि होला।



" यसपाली त फस भेन होला नि " सुरु मै घोचपेच ।


" झन्डै सेकेन भाको नि ?" १०१ नम्बर कम आको भए सेकेन नै हुन्थें "


मैले नि उनकै शैली मा दिएं दनक ।


 



' यो हुनै नसक्ने, अचम्म भो "


"हो दाई अचम्मै भयो। सेकेन हुन्छु भन्दा नि नहुने कस्तो अचम्म है ? "


अब भने बालक राम लाई जिस्काएको आभास भयो क्या रे, आफ्नो असली रुप मा झन्डै देखाउन थाल्नु भयो।



"बुझिस दुई पल्ट् फस हुँदैमा शान न देखा, अर्को पल्ट् कन्फर्म हुँदैन। लेखेर राखे हुन्छ, यो राम मान को राम बाण हो।"



"किन दाई, थर्ड टाइम फस नहुने कारण ? "


" किन कि त्यो स्कूल को ईतिहास मा कोइ पनि ३ पटक फस भाको छैन। "



"यह् त्यसो पो ? "


"ईतिहास मै न भे पछी मेरो के लाग्थ्यो? "


"भूगोलमा खोज्छु म त ।"



यो जवाफ सुने पछी त बालक राम को पारो चढ्यो , मुखाकृतिमा देखिनथाल्यो - उम्लेको रगत । त्यहाबाट बाटो तताउनु नै बुद्धिमानी ठहर्छ  राहुले भाग , भाग । कसैले भने जस्तो लाग्यो।

 


देवाली ३ दिनको हुन्थ्यो। अर्को दिन फेरी भेट भयो। फेरी बालक राम फेरी म भए तिरै आउनु भयो।


" बुझिस  साइन्स पढ्न भनेको जो कोइ को बस को कुरा होइन । भाराभुरी ले पढ्नै सक्दैन।
डम्बी ( गड्यौला), बिली ( साङ्ला ), ब्याँचा (भ्यागुता ) को अपरेशन गर्नु पर्छ।"


Dissection  भन्ने नबुझ्ला भनेर अपरेशन भनेको होला ।



"यह्! त्यस्तो ? के को अपरेशन गर्ने नि राम दाई ?"


" पत्थरी को कि पाठेघर को ?"



"धत मुला, जहिले पनि जिस्किने ? यस्तो ताल ले नै मान्छे बोर्ड आउछ ? "



"मैले बोर्ड ल्याउछु भनेर भनेकाइ छैन दाई। बोर चाहिएको पनि छैन।"



"बरु दाई ले ल्याको भए हाम्रो नाक नै २ इन्च बढ्थ्यो।"


" झन्डै मात्र बोर ल्याउनु भयो।"


अब भने असह्य भयो बालक राम लाई । रातो मुख र हत्केला मुठी परे पछी बालक राम को राम धुलाई को कार्यक्रम सुरु हुनु लाग्यो भन्ने थाहा हुन्छ । त्यसैले त्यहिबाट अन्तै मोडी हालें पाइला।
 


क्रमश:
 
 
 

Last edited: 23-Jul-09 11:25 AM

 
Posted on 07-23-09 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बालक राम ले जे होश नराम्रो भेटेछन , झन्डै ठुल्दाइले भेटेका रैछन मुक्का ।
अनी अगाडि के हुन्छ , बालक राम डाकटरी गर्न कहिले जान्छन , चाडै लेखौ है दाई , हामी कुर्दै छौ । अर्को भागको कुराइमा ।
 
Posted on 07-23-09 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुब हसाउनु भो ठुल्दाइ ले


अब घोच पेच पनि कती गर्नु पर्ने हो ठुल्दाइ लाई - कती पेलेको बिचरा बालक राम लाई


त्यस्तो पेल्नु भएन नि


 
Posted on 07-23-09 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<" झन्डै सेकेन भाको नि ?" १०१ नम्बर कम आको भए सेकेन नै हुन्थें ">>


लोल महा लोल ,


ठुल्दाइ ले पेच हान्न कहाँ सिक्या भन्या त सानै देखी बालक राम को संगत रहेछ अनी हामी भारा भुरी लाई किन पेच नहान्ने बुढा ले 


 


यो कथा चाँही टुच टुच किन हो दाई , सिभास को पेक नि अली धेरै हुन्छ भन्या । त्यो होनाचा को मा ठाडो घाटी लाको जस्तै लामो जावोश अर्को चोटि ।


काम ले पेलान मा पर्या थिए कमेन्ट नगरि बस्नै सकिन ।। ल पेलुम पेलुम


 
Posted on 07-23-09 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त भन्या कत्ती छोटो हौ?


अली तन्काउनु पर्‍यो भन्या बबल्गम तन्काये जस्तो !


 
Posted on 07-23-09 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chhoto bhaekoma mero pani sahamati chha. hasda hasdai bichaima roknu pareko jasto.
 



PAGE: <<  1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters