[Show all top banners]

fucheketo
Replies to this thread:

More by fucheketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 फूल बेच्ने केटी

[Please view other pages to see the rest of the postings. Total posts: 34]
PAGE: <<  1 2  
[VIEWED 23978 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 08-25-08 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 भन त म आज कस्ती देखिएकि छु होला ?

फोन सुधाले नै गरेकी थि ।बिहानै त मैले उसलाई देखेको हो ! अब तिन घण्टा मै के परिवर्तन आयो होला र उसमा ? उ अझै पनि गोरी चौडा निधार भएकै होली , त्यहि निधारमाथी सानो टिका लगाई होली । सँधै जस्तै स्ट्रेट गरेको कपाल लाई खुल्लै छोडेकै होली , अनि कुनै हिन्दि सेरियलको रोमान्स हेरेर त्यसैमा डुबेर भावुक भएर मलाई फोन गरेकी होली । मलाई भने यस्तो प्रदर्शन देखि झर्को लागेर आउँछ । अब अफिसमा काम गरिरहेको बेला पनि के म आफ्नो प्रेमको प्रदर्शन गर्दै चिच्याउँ म तिमीलाई एउटा मुर्ख जत्तिकै माया गर्छु , पक्कै तिमीलाई सहने मान्छे मुर्ख नै हुनु पर्छ भनेर ?

 

एकदमै राम्री देखिएकी छौ होला। मैले बिस्तारै भनेँ यता उता हेर्दै । मलाई आफ्नो रिस देखाएर उसको चित्त दुखाउन पटक्कै मन लाग्दैन । नजिकैको टेबलको नारद मलाई क्वारक्वार्ति हेर्दै थियो। उसको ध्यान भने आफ्नो टेबलका फायल र कामहरु भन्दा अर्काका सेलमा आएका कलहरु , बोल्दाखेरिको एक्स्प्रेसन मा हुन्छ । त्यसबाट उनि कस्ले कससँग गफ गरेको हो त्यसमा हुन्छ । त्यसमा उनलाई पारंगत हाँसिल छ  ! तर म यसमा उसको दोष देख्दिन । उसले उसको बुढि बाट माया पाएको छैन र नपाएको चिजको इर्ष्या सबैलाई हुन्छ ।

 

तिमी कति खेर आउँछौ कोठा ? उसले सँधै जस्तै यहि प्रश्न राखी ।

 

म अफिस सिधि्धिने बित्तिकै कोठा आउँछु । मैले पनि सँधै जस्तै जवाफ फर्काएँ । म मुस्कुराउने कोशिस गरिरहेको थिएँ मानौँ फोन बाटै भए पनि मैले सुधालाई मेरो मुस्कान देखाउनु पर्छ । मैले बुझिसकेको थिएँ अब यो वार्ता लामो हुनेवाला छ , मैले अब उसको तिन घण्टाको सारान्श कम्तिमा पनि पन्ध्र मिनट लगाएरै भए पनि सुन्नु पर्नेछ । त्यसैले मोबायल काँध र बाङ्गिएको टाउकोको भरले  समातेर फायल हेर्नु मेरो बाध्यता थियो । साँच्चै बिहे पछि केटाहरु मल्टि डाईमेन्सनल हुन्छन् ,ढाँट्न सिक्छन् ,  बाहिरका समस्याहरु साना लाग्न थाल्छन  किनकि घरभित्र नै उसले सबैभन्दा ठूलो समस्या सँग सम्झौता गरेको हुन्छ । तर जब जब त्यहि समस्याले सिन्दुर लाएर मेरो अगाडि आएको , चुरा बजाउँदै किचन मा चर्को नै भए पनि साग पकाएको र खुवाएको राति मेरो अँगालोमा त्यहि साग जस्तै लपक्क भएर हराएको अनि जाडोका बिहानमा पनि सरक्क मेरो न्यानो अँगालो छोडेर मेरो लागि चिया बनाएको पाउँछु त्यो समस्या पनि आफ्नि लाग्छे प्यारी लाग्छे ।

कहिलै चाँडो आउनु छैन ,कहिले काहिँ त चाँडो आएर मलाई सर्प्राईज दिए पनि त हुने नि ! कत्ति न अफिस को सबै काम गर्ने ठेक्का नै उसैले लिए जस्तो । उ थोरै लाडिई ,यदि उसको मुड भरे सम्म पनि बिग्रिएन भने त्यो मेरो लागि बोनस नै हुनेछ मैले मनमनै सोचेँ ।

तिमीलाई थाहा नै छ भने सर्प्राईज कसरि हुन्छ त ? आफ्नो कुर्सि मा ढल्किएर फाईल टेबलमा थाँति राख्दै एउटा हातले घडि हेर्दै मैले सुधालाई सोधेँ ।

थाहा छैन मलाई , म बुझ्दिन तिम्रा कुरा ! मलाई थाहा छ उ रिसाएकि होईन मात्र थोरै घुर्कि लगाएकि हो । कहिले काहिँ हाँस उठेर आउँछ मलाई उसको स्वभाव देखि !

एकछिन सम्म उहि साधारण हामीलाई बोल्न झर्को नलाग्ने अरुलाई सुन्न झर्को लाग्ने गफ भएपछि सुधाले फोन राखि । मैले कम्प्युटरको आफुले काम गर्दै गरेको एक्सेल फायल सेभ गरेँ अनि सोचेँ यो काम पर्सि सम्म सक्नु पर्ने भने पछि म सँग अझै पुरा भोलि बाँकि छ ।

.......................  ............................   ..........................  ...........................

 

 

बहाना बनाएर हाकिम बाट कोठा जान स्विक्रिति लिए पछि  म आफ्नो कोठा तिर लागेँ । पानी सिमसिम परिरहेको थियो बाइकको सिट भिजेको रहेछ डिक्कि मा राखेको कालो कपडाको टुक्राले पुछेँ अनि रेनकोट लगाएर आफ्नो कोठा तिर हुईँकिएँ । बाटो आज पानी परेकाले होला ट्राफिक त्यति धेरै थिएन । बाटामै पर्ने नयाँ खोलेको फूल पसलमा मेरो आँखा गयो , अनि सोचेँ सुधालाई रातो गुलाफ असाध्यै मन पर्छ  , बाइक रोकेर भित्र छिरेँ ।

 

लम्बाई भन्दा चौडाइ कम भएको कोठा थियो धेरै लामो ! पर पर सम्म फूल राखेको । एउटा रातो गुलाब काउन्टरको को एउटा कुनाको ठिक्क माथि राखेको थियो ।

त्यो गुलाब सजाउनलाई मात्र हो or is it for sale ?” मैले आफ्नो हेलमेट काउन्टरको अग्लो काठले बनाएको भागमा राख्दै औँलाले त्यो गुलाबलाई देखाउँदै सोधेँ ।

“It is for sale “ काउन्टरमा भएकि केटीले जवाफ फर्काई । आवाज मधुरो थियो । यति मधुरो कि अघि सम्म ध्यान नदिएको अनुहारमा म फेरि एक चोटि पुलुक्क हेर्न बाध्य भएँ । कालो कालो तर पनि हिस्सि परेको मुस्कुराउँदा उज्यालो देखिने अनुहार ,गला सम्म आउने घुम्रिएको कपाल अनि कपाल फैलिन रोक्न जडेको रातो चम्किलो चिम्टि , सिधा टपक्क मिलेको नाक , नाकको सानो फूलि लिपस्टिक बिनानै पनि पर्याप्त रातो अनि ग्लसले गर्दा अझ चिल्लो भएको ओठ त्यो अनुहार हत्तपत्त बिर्सिने खालको अनुहार पक्कै पनि थिएन ।

 

मलाई त्यो फूल निकालिदिनुहोस् न त ! मैले आफ्नो ध्यान फेरि गुलाफको फूलमा लगेँ ।

आफैँ झीक्नुहोस् न ल प्लिज , आज काम गर्ने मान्छेहरु पनि छैनन् दोकानमाँ !

मैले पुलुक्क उ तिर हेरेँ ।  अचम्म लाग्यो त्यो गुलाफ काउन्टरको भित्रबाट नजिक पर्थ्यो मैले त्यो झिक्न बाहिर बाट अलि बल लगाएरै लम्किनु पर्थ्यो भने उ उठ्दा मात्र पनि भेट्टाउँथी । यस्तो मान्छेले दोकान किन गर्नु होला मलाई झनक्क रिस पनि उठ्यो ।

 

तँपाई बसेको ठाउँ बाट नजिक पर्छ र पो भनेको त ? कस्टोमरलाई कसरि ट्रिट गर्ने पनि थाहा छैन तँपाईलाई ? म थोरै झर्किएँ ।

सरि तँपाईको इन्कन्भेनियन्सको लागि , मेरो दाहिने खुट्टा प्यारालाइसिस् भएको छ तँपाईले ठिकै भन्नु भएको हो हुन त म रिसेप्सन मा बस्नु नहुने हो मैले साधारण मान्छेहरुले गर्ने जब नगर्नुपर्ने हो । उसको अनुहार मा मुस्कान यथावत थियो ।

 

क्रमश:

 

 


 
Posted on 09-03-08 5:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Fucche Jee...Sarai Ramailo Ra Bhawauk Lekhai Cha Hai....Arko Bhaag Ko Ptaikchya Ma Chu Hai Ma...

 
Posted on 09-03-08 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ फुचेको कथा त सिरिज नै आइसकेछ त ।

केटीहरुको मन भित्रको कुरा कसरी थाहा हुन्छ ह? फेरी कती प्रशन्शा गर्न जानेको रैछ

 लौ जाओस जाओस


 
Posted on 09-09-08 6:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

junky thanx for the complement ,I m posting the next n the last part त्यसपछि प्रतिक्रिया दिनुहोला है त !

stat thanx , ani i dont know the female psychology , Infact they r the most diffficult things to be described तर जब जब प्रशंसा गर्न थालिन्छ थाकिँदैन के गर्ने होला ?


 
Posted on 09-09-08 6:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                            बाटो भरि लाग्यो लोग्ने मान्छे ढोंगि हुन्छन् , दोमुखे हुन्छन् , म जे आफुलाई दर्शाउँदै छु त्यो पनि त म रहेनछु । म सँधै भन्छु म सुधालाई माया गर्छु त्यो पनि हदैसम्मको । तर म स्वयंलाई थाहा छैन यो हद मा किन कोहि छिर्दैछ , अतिक्रमण गर्दैछ भनेर , म पल प्रतिपल फितलो हुँदैछु ।  मेरो माया बाँडिदैछ , हुन सक्छ त्यो फुल बेच्ने केटी सँग माया होईन क्षणिक आकर्षण मात्र हो , त्यसो भए जुन आकर्षणमा सम्पुर्ण रुपमा सुधाको स्वामित्व हुनु पर्ने हो त्यो बाँडिदैछ ,अनि किन त यस्तो ? बिवशता भन्नु बाहेक मेरो बिकल्प छैन ।

 

                             लोग्नेमान्छेको मायाको हद र स्वास्निमान्छेको हद दाँज्न सकिँदैन । म जुन किसिम जानी नजानी लक्ष पनि स्पष्ट नभई त्यो फुल बेच्ने केटी सँग नजिँकिँदै छु तानीँदै छु पक्कै पनि सुधा त्यसरि तानिन्न होला । वा म त्यो सहन गर्न सक्दिन । म सुधालाई पत्निको रुपमा होईन एउटा जतन गरेर राखेको सामान जस्को उपयोग मेरो दिनहुँ जीवनमाँ सँधै आउने गर्छ अनि म त्यो कसैलाई दिन चाहन्न , तर आफु भने अन्य सामानपनि चलाउन चाहन्छु त ? म सँगै प्रश्न हरु सहयात्रि बने त्यो दिनको यात्राको । मलाई बाटो बितेको पत्तो भएन अन्तिम टर्निङ्गमा थोरै सजग भएँ अब घर नजिकै आउँदैछ त्यहाँ मैले रोक्नु पर्नेछ । नत्र म आफ्नै घर बाट टाढा हुनेछु जहाँ मेरी सुधा मलाई पर्खिरहेकी होली ।म उसलाई पर्खाई रहन पक्के पनि चाहन्न । म चाहन्छु म सकेसम्म उसको पर्खाई चाँडो अन्त्य गरौँ ।

 

                         सुधा उस्तै थिई जस्तो मैले उसलाई बिहान छोडेर गएको थिएँ निश्छल , निर्मल र मेरो बाटो हेरीरहेकी ! मलाइ कहिलेकाहिँ लाग्छ उसका आँखाले म बाहेक अरु कुरा हेर्न जानेको छैन ,उ गान्धारिले जस्तै आफ्नो आँखामा पनि पट्टि लगाईदिनेछे जुन दिन उसले मलाई देख्न पाउने छैन । मेरो माया उसको अघि कति निरिह छ ,कति क्षुद्र छ ,कति क्रित्रिम छ अनि कति सानो छ !

 

"के भयो , सन्चो भएन हो ?" उसले मेरो निधार छामी । म मुस्कुराएँ । म उसलाई  मेरो लागि चिन्तित भएको हेर्न चाहन्न ।

" कसले भन्यो तिमीलाई , मलाई सन्चो भएन भनेर ?"

" छ्या अनुहार अलि उत्रे जस्तो लागेर मात्रै सोधेको , भाउ पल्टिहाल्नु पर्छ हैन तँपाईलाई ?"  उ रिसाई , मलाई थाहा छ उसको रिस पनि क्रित्रिम हो मेरो मुस्कान जस्तै ।

 

 

"खाजा के खानुभयो ?"आज उसले फोन गरेकी थिईन अफिसमाँ नत्र उसले यो प्रश्न सोध्ने थिईन ।

"पहिला यो भन तिमीले मलाई आज फोन किन नगरेकी ? " मलाई उसको कुरामा केन्द्रित भएर उ भन्दा बाहिरका धेरै कुरा हरु बिर्सिनु थियो ।

"फोन गर्यो ,बेलुका आएर धेरै फोन गर्यो भन्नु छ ,गरेन किन नगरेकी भनेर सोध्नु छ , कुरै बुझि साध्य छैन कसै कसैको !"

 उ लाडिन्छे जब म यस्ता प्रश्न हरु सोध्ने गर्छु , मानौँ मलाई घुर्कि लाउनु उसको शौख हो । अनि म पनि यस्ता प्रश्नहरु सोधिरहन्छु मानौँ उसको घुर्कि खानु मेरो रहर हो !

"खाएको छैन के बनाउँछौ भन त ?"

"खाएको भनेर सोधेको पो त , बनाउन त मलाई पनि मन छैन ।" उ हाँस्न थाली । सुख साच्चै साना साना कुरामा लुकेको हुन्छ । खोज्न जान्नु पनि एउटा कला हो ।

"तिमीले के खायौ भन त ?" मैले उसको अनुहारमा हेर्दै भनेँ ।

"छैन मैले पनि केहि खाएको !" उ आज दिउँसो सुकेका लुगाहरु पट्याउँदै थिई । पानी पर्ने मौसममा धोएका लुगाहरु भएर होला धेरै थिए लुगाहरु थाकमा !

 

 

"जौँ हिँड न त बाहिर खाजा खाएर आउँ !" मलाई अचानक एउटा नयाँ प्रस्ताव फुर्यो ।

"अहिले खाजा खान गएर खाना कति खेर खाने नि ? "

"त्यसो भए खानै खाउँ न त , मैले पनि एउटै भान्छेको खाना कत्ति खाने , कहिले काहिँ त स्वाद पनि फेर्नु पर्यो नि हो कि होईन भन त ?" म जिस्किएँ ।

"होला , कति बांगो पाराले घोचिरहनु हुन्छ ? सिधै नमिठो भयो भन्नु न !" उसले मेरो जिस्क्याईलाई यथावत राखी ।

"मलाई भोलि देखि अफिस भोकै जानु छ र ?"

"कति सम्मको गफाडि ? म लुगा फेर्छु है त !" उ लुगा फेर्न भित्र लागि । मलाई एउटा युध्द जितेको अनुभव भयो । अघि मैले जे सुकै सोचेको होस् म सुधालाई माया गर्छु । म मात्र उसको अनुहारमा मुस्कान देख्न चाहन्छु ।

 

 

 

हामी बाहिरै खाना खाएर फर्कियौँ । धेरै दिन पछि केहि छुटेका कुराहरुलाई समय दिए जस्तो भयो । एउटा भत्केका दुई पाटाहरुलाई जोड्ने पुल जस्तो । पुरुष शायद यसकारणले पनि दुई मुखे हुन्छ किनकि उसका स्वरुप नै दुई किसिमका हुन्छन् बाहिरि संसार लाई उ कडा भईदिनु पर्छ र घरमा उ नरम ,दुई वटा पात्रहरुको भुमिका निभाउँदा निभाउँदै उसले वास्तविक आफु के हुँ भन्ने नै बिर्सिन्छ र शायद मलाई पनि आजकल त्यस्तै केहि भईरहेको छ । सुधा सँग बाहिर ननिक्लेको धेरै भएसकेको रहेछ । हुन त उ कहिल्यै पनि यस्ता कुराहरुमा कर गर्दिन तर उ यस्ता कुरामा चासै नलिने भने होईन । म यति कुरा सबै थाहा हुँदा हुँदै पनि उसले चाहेका कुरा हरु गरिदिन सक्दिन भने त त्यो मेरै कमजोरि हो भनेर मैले मान्नै पर्छ ।

 

सुधा भित्र लुगा फेर्न तिर लागि , म उहि थोत्रे रिमोट बटार्न तिर लागेँ । अचानक मेरो अफिसको ब्यागमा भएको फूल याद आयो । मैले बिस्तारै सुधाले थाहा नपाउने गरी त्यो फूल झीकेँ र नियाल्न थालेँ ।

" कफि खाने ?" सुधाले भित्रै बाट सोधि । समय बेसमय चिया कफि खानु उसको बानी हो । बिस्तारै बिस्तारै मलाई पनि त्यो सरिसकेको छ ।

"खाने !" मैले सुस्तरि जवाफ फर्काएँ

"खाए पछि त त्यो रिमोट मलाई दिनुपर्छ , भोलि दिउँसो लोडशेडिङ्ग छ , मैले आजै हेर्न पाउनु पर्छ ।"

"हुन्छ ।" मैले मनमनैँ हाँस्दै भनेँ

त्यो फूल अझै मेरो हातमैँ थियो ।मलाई लाग्यो मेरी सुधालाई यो फूल को आवश्यकता छैन । म झ्याल छेउमा गएँ । झ्याल बाहिर निष्पट्ट अँध्यारो थियो । मैले त्यो फूल झ्याल बाहिर हुईँकाई दिएँ । सडक को कुन कुनामा गएर त्यो फूल बजारियो मैले हेर्ने पनि रहर गरिन ।

 

(यो कथाको अन्त्य छैन ! शायद यस्ता कथाहरुको अन्त्य हुँदैनन् !)

 

 

 

 

 


 
Posted on 09-09-08 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sansar nai yesto cha ki sansarik maya mohama fasepachi abailai yestai huncha. jun chij man pareko huncha sadai tyo aafnai huncha vanne pani hunna. fuchee keto ji hajur ko lekhailai mannai parcha sabaiko sochailai kati ramro sanga paskeko. saral ani mithas sanga jun abiral bagne pani jasari ra samaye jastai .............
 
Posted on 09-09-08 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It was really a good writing and the story was amazing...I am not surprised that the story ended here....

 

fucheketo, Thanks  for the Story.

 

NepaliThita


 
Posted on 09-09-08 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चे, एकदम चाख लिएर पढेँ यो कथा पनि। कथाको सुरुवात र अन्त्यलाई धेरै राम्रो सँग जोडेको छौ। तिमीले पस्किने हरेक कथाहरुमा एक नौलोपन पाउछु। भावनाहरुलाई आफ्नो गहकिलो शब्दहरुले श्रिङ्गारेर प्रस्तुत गरिएका हुन्छन तिम्रा हरेक कथाहरु र आँफैमा बिशेष हुन्छन। यो कथा पनि त्यस्तै छ। साधारण कुराहरु छन तर प्रस्तुती धेरैनै राम्रो छ। अरु पनि लेख्दै गर है। 
 
Posted on 09-09-08 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-09-08 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

nice nice ... keep writing.


 
Posted on 09-09-08 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Id, Ego र Superego को अत्यन्तै राम्रो चित्रण गरेको रैछ फुच्चेले यस कथामा। मानब जीबनको समीक्षा "complex to simple"मा उतारेको तस्बीर देखेर फुच्चेलाइ कोटि कोटि नमस्कार गर्न मन लाग्यो।

फुच्चे, तिमीलाइ धेरै धन्यबाद यस्तो सुन्दर कथा पढ्ने अबसर दिएकोमा। र अझै अरु कथा पढ्ने आशामा छु।

अन्त्यमा, त्यो फुलको के दोश? बेकारमा फुल फालेर। सुधाले लाँउथी होला नि अन्जानमा।


 
Posted on 09-09-08 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


फुच्चे, गजबको प्रस्तुती। अर्को कथा छिट्टै पढ्न पाउने आशामा।    

 
Posted on 09-10-08 1:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepalibabu101-Thanx , I satartd the story with  " if it happens" kind of theme ,मन पराईदिनु भएकोमा धेरै धेरै धन्यवाद ।

Nepali thita- thanx for the complement

dipika02- धन्यवाद  ,कता फरार हो आजकल ! केहि पनि पढ्न पाईन्न भन्या , कति हामी मात्रै लेख्ने ?पढ्न पाउनु पर्यो नि हामीले पनि

माहिला दाई , brain malfunction , chipledhungaa jee -धन्यवाद , अर्को लेख सकेसम्म चाँडो लेख्ने प्रयास गर्नेछु ।

crazy thanx for the complement

अन्य पढिदिनुहुने सबैलाई धन्यवाद

 


 
Posted on 09-10-08 2:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Fucche Jee,
Kati Maya Huncha Hagi Tyo Ghurkyako Boli Ma Pani..Sayed Yei Kura Le Ta Logne Swasni Ma Maya Hune Hola...Hajur Ko Lekhai Padhdai Jada Sanchikai Tyei Lekhai Ma Dubulki Mareko Jasto Pratyabhuti Hunchha...Hamro Yo Katha Yeti Mai Simit Garaune Ho Ki Esko Dosro Pato Pani Hami Dwara Padhna Paunchham....Sarai Ramailo Sanga Mero Karyalaya Ko Samaya Bitirachha..Aile Pani Office Mai Chu Ma...Patyaar Lagi Ra Thiyo Eso Sajha Refresh Gareko Thyakkai Fuccheketo Bhanera Dekhiyo Ani Pdhna Tatti Hale...

Fucche Jee Hats Off To ur Creation....

 
Posted on 09-10-08 5:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद फुच्चे केटो जी।।।


-somewhereondearth

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters