[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 यस्तो ब्यथा , कथा मै सीमित होस् ....

[Please view other pages to see the rest of the postings. Total posts: 58]
PAGE: <<  1 2 3 NEXT PAGE
[VIEWED 46315 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 10-01-12 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     5       ?     Liked by
 

 यस्तो ब्यथा , कथा मै सीमित होस् ....

 

“ त्यो दिन सृष्टि संग कुरा गरे पछी यस्तो लाग्यो दाई जिउनु व्यर्थ रहेन छ , जिउनुको अर्थ पिउनु मात्र रहेन छ. अहिले सम्म  जिएको जिन्दगीमा बल्ल ज्यान आए जस्तो भयो”  उमेश भाई जिन को चुस्की संगै भन्दै थिए, म सुन्दै थिएँ  एउटा जीवन कथा एउटा भरिलो ब्यथा.

उमेश भन्दै गयो ....

त्यो भन्दा पहिला लाग्थ्यो जिन्दगीको कुनै रंग छैन, उराठ लाग्दो बगर जस्तो, नभ नभएको सगर जस्तो . सानैमा देखि बाबाले बोर्डिंग त्यो पनि कालिंपोंगमा राखी दिनु भयो . प्रिन्सिपल र अरु टिचरहरुको तानाशाही शासनमा दास बनियो. पेट भरिन्जेल खान नपाएको भन्दा नि ठेस लाग्दा “ के भयो बाबु ?” भन्दै फु..फू गरिदिने मायाका हात र सास केही थिएन . मम्मीलाई सम्झन्थे, एकान्तमा रुन्थे .. बाबालाई सम्झन्थे , एकान्तमा सुक्कसुक्का गर्थें .... लाग्थ्यो मलाई कसैले माया गर्दैनन्. २-३ महिनामा बाबा आउनुहुन्थ्यो, कहिले काहीं मम्मी . २-३ महिना पछी फुल्थें, त्यो पल लाई कैद गरेर अर्को २-३ महिना सम्म राख्ने कोशिश गर्थें तर होस्टल को अमिठो खाना र भोको पेटले २-३ दिन मै घर सम्झिन्थे.

 

एवं रीतले १२ क्लास सम्म त्यतै पढियो . पढाईको हिसाबमा अब्बल नै नभए नि कम्जोर बिद्यार्थी थिइन. बाबाले इन्जिनियर बन्नु पर्छ भन्नु हुन्थ्यो, आफ्नो पनि म्याथ राम्रो भएकोले इन्जियारिंगको प्रवेश परिक्षा दिइयो. सहजै निस्कियो.

चार बर्ष पुल्चोक क्याम्पस र होस्टल ओहर दोहर गर्दै बित्यो . साथी संगी संग रम्दै, कहिले काहीं दुख मा गम्दै ... इन्जिनयर पनि भैयो . धेरै केटी साथीहरु संग संगत गरें. कसैमा बिशेष आसक्ति थिएन. कुनै बिशेष लागेन . तर सबै जसो संग सुमधुर सम्बन्ध रह्यो सिर्फ त्यो काली पूनम संग बाहेक.

पुल्चोक होस्टलबाट निस्के पछी त सुकुम्बासि भैयो . मामा माइजु को घर थियो काठमाडौमा . केही दिन शरण लिएँ . गोजीको पैसा रित्तिनु अघी जागिर खोजीमा निस्कें. सबै जसो इन्जिनियरहरु विदेश जाने चक्करमा हुने भएको ले कि कुन्नि एउटा मझुला खालको कनसल्टेनसीमा जागिर मिल्यो . साइट गरिरहनु पर्ने झन समाइलो लाग्यो . साइट प्राय जसो पूर्बी नेपाल .. आफ्नो घर गाउँ . महिनामा एक पल्ट जसो घर जान पाउने . खुशी सुस्त सुस्त आए आए जस्तो चाही भयो.  लक्का  जवान एक्लो छोरो, मम्मीले अब तेरो बिहे धुमधाम संग गर्नु पर्छ बुझिस ... केटी आफै रोज्या छस कि हामी खोजम ... भन्नु हुन्थ्यो .

मम्मी आफै खोजिसियोस न हजुर जस्तै .. लाटो हुन खोज्थें .. हुन त आफुलाई जीवन जगत संग बाँधिनु अघि करियर लाई आकार प्रकार दिनु पर्छ भन्ने दिव्यज्ञान कसैले दिए जस्तो र त्यहि नै ठुलो काम जस्तो लाग्थ्यो .

अलि २-४ बर्ष काम गर्छु,  पैसो नि जोगाड गर्छु अनि धुमधाम संग बिहे गरुला नि हुन्न मम्मी?

हैन अर्को जेठ मै गर्नु पर्छ बाबु, २-४ बर्ष सम्म बाचिएला न बचिएला के थाहा ? काल को के भर ?

कस्तो स्याड कुरा गरिबक्स्या हजुरले. हजुर जस्तो हेल्थी र  एक्टिभ लाई नि केही हुन्छ ?

अर्को महिना काम कै सिलसिलामा बुद्ध इअर् बाट बिराटनगर गएँ . घरदैलो सम्म प्लेन जाने .. भाग्यमानी नै छु जस्तो. घर पुग्दा मम्मी खाटमा देखें . झसंग भए . बाबा नि घर मै हुनहुन्थ्यो. बिजिनेस मा फुर्सद कहिलेइ नहुने बाबा संगै हुनु ले “केस: अलि सिरियस जस्तो लाग्यो.

मम्मी के भयो हजुर लाई ? मेरो बाल शुलभ प्रश्न .

"खै जरो आएको २ हफ्ता जती भयो . ओम मेडिकल स्टोर को बाबु काजी दाइ ले भाइरल हो सिटामोल ले ठिक हुन्छ २-३ दिन मा भन्थ्यो . जरो घटेन . ड्याडी ले घरमै डाक्टर भण्डारी बोलाएर देखाउनु भयो . भण्डारी डाकसाहेब ले नर्सिंग होम मै थ्रु चेक अप गर्नु पर्छ भन्नु भयो . नर्सिंग होममा चेक गरेर आइसकें . डाक्टरले आराम गर्नु भन्नु भएको छ . जरो घटेको छ . तर कम्जोर फिलिंग भैराख्या छ . बाबालाई थाहा होला के भाको मलाई भनेर . डाक्टरी भाषा बुझ्दिन म ."

 

बाबा भान्सामा आमाको लागि खाना तयार गर्दै हुनु हुन्थ्यो .

बाबा, मम्मीलाई के भाको ? डाक्टर अंकल के भन्नु हुन्छ . सम्भावित दुर्घटनाबाट बेखबर मैले सोधी हालें . बाबाको मुहारमा कुनै चमक थिएन . सधैं को हँसमुख बाबाको तेजमा ग्रहण देखिन्थ्यो. तँ आफै हेर भन्दै दराजबाट नर्सिंग होम को रिपोर्ट फाइल दिनु भयो .

Stage III Uterine Cancer देखे पछी म त्यहीं को त्यहीं ढलेछु ....

 

क्रमश:

 


 
Posted on 10-08-12 2:39 PM     [Snapshot: 1506]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 बन्दनालाई अनायासै सुष्मा भने छु. म सुष्मा हैन सर , बन्दना .... 
 
ठुल्दाई, त्यसै अर्का को गल फ्रेन्ड लाइ सुष्मा भन्न त मिलेन नि......कि १६००० गोपिनी लाइ मा राधा नै देख्छु भन्न खोज्नु भा को हो ? 
 
कथा अलि छोटो भयो......औला को गति बढाउनु पर्यो.....यो त अचार जस्तो भयो, पेट नै भरिएन......

 
Posted on 10-08-12 5:47 PM     [Snapshot: 1576]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hoina bhane yo rahulvai ko manche eaak , talent anek, keep it up dude
 
Posted on 10-09-12 1:50 AM     [Snapshot: 1692]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ल ठुल्दाई कथा ले अब चै रमाइलो मोड लेला जस्तो छ है / अर्को भाग को प्रतिछ्या मा छु ठुल्दाई / 
 
Posted on 10-09-12 8:02 AM     [Snapshot: 1784]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा अब चै इन्तेरेस्तिङ होला जस्तो छ ठुल्दै !!!

 
Posted on 10-09-12 11:10 AM     [Snapshot: 1838]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 भाग ४

“सुष्मा” वाह क्या कर्णप्रिय नाम ... सुष्मा को बारे... अलि डिटेल मा भन्न मिल्छ , उमेश .....

उमेश को धाराप्रवाह बेदनाहरुमा मैले घ्याच्च ब्रेक लगाई दिएँ. एक पेग थपौं, एक सास फेरौं अनि रिल्याक्स ..

 

“हैन दाइ , सुष्माको बारे भन्दिन मा , मेरो डार्लिंग हो, अझै मुटु संग संगै धड्की रहन्छ, बिपना सपना, जपनामा ह सधै हुन्छे उ . उ मेरो माया हो मेरो छायाँ हो “

प्रेम नगरमा प्रेम बगर मा सबै कबि हुन्छन रे , आज देखियो ... काव्यात्मक शैली मा उमेशको प्रेमोभाव .

"त्यस्तो माया गर्ने सुष्मा संग कसरी  किन ब्रेक अप भयो त ? "

मैले अलिकति घाउ कोट्याइ दिएँ .

"दाइ, यो रक्सि ले यो छाती के पोल्थ्यो, यो मायाले पोल्दो रहेछ. मुटु छोयला छोयला , कचिला कचिला हुँदो रहेछ. कमबख्त यो माया प्रेम भन्ने फिलिंग नै किन हुँदो रहेछ? किन  यसरी जली जली चली रहनु पर्ने जिन्दगी, निर्जीव गाडी को इन्जिन जस्तो.

सुष्मा संग मेरो पहिलो भेट १२ पढ्दा हो. छुट्टीमा घर आउदा आफन्तको बिहे भोजमा . सामान्य चिनाजानी बाट यो कहानी सुरु भयो. उ एस एल सीको रिजल्ट प्रतीक्षामा थिइ. फोन नम्बर को साटासाट मै दिल को नि साटासाट हुन्छ  भन्ने कल्पना नै गरेको थिइन मैले. फोनको घन्टी बेला बेला मा बजिरहन्थ्यो, प्रेमको तरंग संग संगै.

१२ सकियो, घर फर्कें. सुष्माले फलामे गेट पार गरिन. दुवै फुर्सदिलो घाममा प्रेमको बिस्कुन सुकाउदै थियौं. इन्जिनिररिंगको प्रवेश परिक्षा दिन काठमाडौ गएँ, परीक्षा दिइयो. नाम निस्कियो. भर्ना हुने भैयो. उ पनि ११-१२ पढ्न काठमाडौ जाने भइ . के खोज्छस कानो ? आँखो ... भने जस्तै  भयो. मानौ प्रेम शक्तिमा दैब नि झुक्दो रहेछ.

काठमाडौको रंगिन दुनियामा उ पनि एक्लो म पनि एक्लै. प्रेम नगरमा कुनै छेकवार रहेन, कुनै अंकुश  भएन. मायामा भुले नि भुलभुलैयामा थिइन म . पढाई  प्राथमिकतामा सधै माथि राखें. आफ्नो हैसियतले भ्याए जति रिजल्टमा रिफ्लेक्ट हुन्थ्यो .

पहिलो सेमेस्टरमा टप टेन मै आएँ. खर्च को जोहो सजिलो भयो. प्रेमेस्टर भने अब्बल नै रहें. सुष्माको पढाई पनि ठिकै थियो. पुल्चोकको होस्टल मा बस्थें म,  उतैको स्कूलको साथीहरु संग मिलेर भाडामा बस्थी. त्यै भएर पनि हाम्रो मिलन मा कुनै भिलेन थिएन.

प्रेममा मस्त संग डुबेका परेवाका जोडी बीच के के भयो के के भएन  भन्नै परेन. भबिष्यको “मास्टर प्लान “ पनि बन्न थाल्यो. साँच्चै नै जीवन जीवन्त भए जस्तो. न्यानो काख, न्यानो स्पर्श, न्यानो अँगालो ...जीवन जिइरहुँ झैँ लाग्ने . समयको गति यहीं कतै रोकिदिए हुन्थ्यो झैँ लाग्ने. एक अर्काको मनोभाव लाइ पढीरहुँ झैँ लाग्ने.

पढाई र प्रेम यी दुइ “प” बाट उठ्ने शब्दहरुले समयको गतिलाई एक्सिलिरेट गर्दो रहेछ. १२ सक्याई सुष्माले. मेरो नि चार सेमेस्टर . अब के गर्ने भन्ने अन्यौलमा  सुष्मा. बी बी एस वा कुनै टेक सब्जेक्टमा ब्याचलर गर्ने. मैले उनकै साथीहरु संग सल्लाह गर्न सलाह दिएँ. बी बीएस  नै ज्वाइन गरी. पाँचौं सेमेस्टर नि सफल आरोहण गरियो.


समय संग संगै उनको ब्यबहार र अनुहार दुबैमा म्याचुरिटी झल्कदैथ्यो.

एक दिन मायाको सागरमा डुबुल्की मार्दा मार्दै उनले भनी “ अल्का ले कालेज छोडी “. 

"किन ?" मैले जिज्ञासा पोखें.

यो देशमा केही हुँदैन, न पढाई राम्रो न बसाइ . अष्ट्रेलिया मै पढ्छु र उतै को पी आर लिएर लाइफ जिउछु भनेर अष्ट्रेलिया जाने भइ. छुच्ची अल्का , छुपेरुस्तम .. रिसाइ सुष्मा .

रिसाउदा को रातो अनुहार ......... बिना लाली चम्केको गाला .... झनै राम्री देखिएई मोरी त ...

"किन छुपेरुस्तम अल्का , ठिकै गरी .. उनको जिन्दगी हो जे गर्छे उनैको हो . हामीलाई के को मतलब ?"

 मैले हल्का सरोकार कोरें .

“संगै बसेकी रुममेट ले पहिलेइ भन्नु पर्दैन त , म पनि अष्ट्रेलिया जान्छ कि भनेर डाहा गरेकी होली , डाइन ले . रिस पोखिंदै थियो छताछुल्ल. त्यसको त्यो ख्याउटे ब्वाइफ्रेन्डको छाल हो त्यो. काम न काज को अनुहार न दनुवार को ब्वाइफ्रेन्डको त्यस्तो घमण्ड. मलाई न भन भनेर त्यै ख्याउटे ले भनेको हुनु पर्छ.  एउटै शिरान गरेर सुत्ने साथीलाई यस्तो धोका...."

"के भयो नभनेर के पो फरक पर्र्यो र ??"

उ एक छिन चुपचाप रिसलाइ निल्दै थिई.

 

बी बी एस फस्ट इअर सक्याई. रिजल्ट मन खाने भएन. फाइनल इअर पुसकेको थिएँ. कोर्ष वर्क धेरै थिएन. प्रोजेक्टमा लोड धेरै.

एक दिन प्रेमालापकै सिलसिलामा हामी  जावालाखेलको एउटा क्याफेमा थ्यौं.

"रोजी पनि अस्ट्रेलिया गइ." अल्काको पालोमा जस्तो रीस नाकै मा थिएन .

"के भयो त , उसको इच्छा ."

"मोरी त एक जना भुसतिघ्रे संग बिहे गरेर गइ नि .. एक जना संग लभ गर्ने अर्को संग पोइला जाने .. रन्डी कहीं कि ?"

पहिलो पल्ट मैले उसको मुखबाट अपशब्द सुनेको थिएँ. नसुने झैँ गरें.

"कस्तो भयो होला त्यो विक्कीलाई. कस्तो माया गर्थे विक्किले. चटक्कै कसरी छोड्न सकेकी बोक्सीले .."

"के भयो त , केही सोचेरै त गइ होलि नै , अरुको चिन्ता गर्न छोडी देउ . बरु हामी के गर्ने , मेरो पढाई नि सकिन लाग्यो...."

मैले कुरालाई जीवन मार्गमा मोड्ने प्रयास गरें.

 

"हामी पनि अस्ट्रेलिया जाऔं न उमु ......"

 

क्रमश:


 
Posted on 10-09-12 11:21 AM     [Snapshot: 1839]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब यो सुष्मा ले पनि उमेश लाई छोडेर अष्ट्रेलिया जान लाग्या जस्तो भान भयो है -

कथा इन्टेरिस्टिङ पाराले दैडिराछ -घ्याच्च घ्याच्च ब्रेक नलाई हुइक्याउ है ठुल्दाइ 

 
Posted on 10-09-12 12:06 PM     [Snapshot: 1866]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 लौन सुष्मामा त इर्श्या , जलन र महत्वाकंछ्या मात्र पो भरिएको देखे त मैले त..... अरुले खै के चडे भन्दैमा आफुनी खै के चड्ने हो र भन्या हेहे ...... अब उमु तिमि नजाने भए नजाऊ मा चै हिडे अस्ट्रेलिया भन्छे होलिन सुष्माले .... आखिर सुष्मा उमुको छाया न हुन्.... अँधेरीमा साथ् छोडीहल्चिन होला..... 
 
लौ मैले सुटुक्क लुसुक्क पढेको .... अब दोष नआओस हेहेहेहे  

 
Posted on 10-09-12 12:42 PM     [Snapshot: 1891]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sarai ramro. ajjhai मुटु छोयला छोयला , कचिला कचिला हुँदो रहेछ. कमबख्त यो माया  , good style of writing, lol
 
Posted on 10-09-12 3:03 PM     [Snapshot: 1956]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

  ज्यान गये नि पढ्दिन एती छोटो त । 
 
Posted on 10-09-12 4:00 PM     [Snapshot: 1991]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ज्यान गये नि पढ्दिन एती छोटो त । 

 
Posted on 10-11-12 11:21 AM     [Snapshot: 2149]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ठुल्दाई, उमु पनि जल्ने भयो जस्तो छ सुष्माको रिस र डाहको आगोमा। एक अपशब्दले सुष्माको सोचाइको स्तर निकै नै होचिएको पाईन्छ। उमेशले कसरी नसुने झै गर्न सकेछ?  पढ्दै छु है ठुल्दाई।




 
Posted on 10-11-12 12:25 PM     [Snapshot: 2190]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 धन्यबाद टी एम एस, रबि, थाने, बाह्रमासे , पिसल्यांड, कर्णाली ब्लुज, लेक्स्मिथ, रामे , चिप्ले, दीपिका 

छोटो भए नि पढी दिनु भयो, धन्यबाद. लामो लेख्न भन्दा नि समयलाई मनाउन गाह्रो, मनाए पनि टाइप हान्न गाह्रो. 
 
हो आज भोलि को कथा हो, पढे लेखेका केटाकेटी हरुको मुखैमा अमेरिका, अष्ट्रेलिया र युके बाहेक नहुने , रीस मा एफ शब्दको प्रयोग सामन्य भैसक्यो . अझै अपाच्य भएकोले यस्तो शब्द प्रयोग गर्न सकिन्न , सके सम्म यथार्थबादी हुन खोजेको छु . सत्यकथालाई केहि हद सम्म बुट्टा भरेको छु , कथा को मूल ब्यथा यथावत राखेर बाकी भाग पनि क्रमश: गर्दै लाने छु . धन्यबाद ....
 

 
Posted on 10-11-12 12:52 PM     [Snapshot: 2213]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 लौ कथाको अर्को भाग आएछ भनेर आको त ....धेत्तेरी ठुल्दाई क्या झुक्काइदिनुभो ..... हजुरको धन्यबाद सहर्ष ग्रहणगरे है दाइ... अब कथा समय मिलाएर झट्टै हाल्नुस न... 
 
Posted on 10-16-12 12:10 PM     [Snapshot: 2449]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ठुल्दाई, अर्को भाग आएन र? खोइ त, यहाँ २१ पट्टि मा मन नै लागेन क्या, कथा कहिले रिलिज हुने हो? अब त दशैँ पनि लाग्यो, येसो छुट्टी होला नि, लेखु लेखु परेको चौतारी ले बेहोर्छ...
 
Posted on 10-16-12 12:18 PM     [Snapshot: 2455]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 आउछ बाह्रमासे आउछ , आजै आउछ , धैर्य गर्नु . धैर्यको फल गुलियो हुन्छ क्या ...
 
Posted on 10-16-12 1:06 PM     [Snapshot: 2488]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 हे शिब , आज नि लौ कथा आएछ भनेर खुत्रुक्क भित्रा छिरेको त .... आश्वासन मात्र पो आको रैछ....
 
 हैन हाम्रा ठुल्दाई लै किन चिनी र गुलियो संग येत्रो मोह हँ ? चिनी रोगले माया गर्ला है फेरी....खडी चम्मच मान्छे भन्छन क्यारे   

 
Posted on 10-16-12 1:08 PM     [Snapshot: 2488]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग ५ 


 "अष्ट्रेलिया ? "

"किन जाने के गर्न जाने ?"

सुष्माको अप्रत्याशित प्रस्ताबमा आश्चर्य प्रकट गरें.


"सबै जना अष्ट्रेलिया जाँदै छन्, हामी पनि जाने कि भनेको मात्र. अल्का, रोजी , अझ सुब्बु पनि जाने तरखरमा छिन. सुब्बु ले त पेपर मेरिज गरेर जान लागेकी."


"के छ हो अष्ट्रेलियामा त्यस्तो ?? सबका सब अनेक तिकडम लगाएर जाने गन्तब्य?"

"केही भएर त गए होलान नि . यो कवाड देशमा भन्दा त लाइफ राम्रो होला नै . अचेल त अष्ट्रेलियन डलर को भाउ नि यु एस को भन्दा बढी छ. मिमिमम हा वेजेज नि १० डलर पर आवर छ रे . बिन्दास लाइफ हुन्छ त्यता, सोच है उमु .."

 

"हस प्रभु, सोचौला . अहिले आउदो सेमेस्टर , प्रोजेक्ट वर्क र ग्राजुयेशनको बारे सोच्नु छ, अनि जागिर सागिर ."

"१५-२० हजार को जागिर सागिर ले हफ्ता दिन को खर्छ नि पुग्दैन, खोज्नु पर्दैन त्यस्तो जागिर सागिर. अब त मलाई नि पाल्नु पर्छ तिमी ले ..."

उनले आफ्नो हक जताई हाली. 

"हुन्छ बाबा हुन्छ , अष्ट्रेलिया अष्ट्रिया, आर्मेनिया सबको बारे सोचौला."

समयको गतिमा कसैको लगाम हुन्न. फाइनल सेमेस्टर, अलि फुर्सिदिलो. जागिर सागिर नि खोज्नै पर्र्यो. अष्ट्रेलिया जाने सोच म मा थिएन. सुष्माको मन राख्न भए नि अष्ट्रेलियाको बारे सूचना एकिकृत गरें. सुष्मा अष्ट्रेलिया नै जाने कुरामा दृढ थिई. उनको बी बी एस नि सकियो. यता मेरो इन्जिनियरिंग पनि सकिने तरखरमा.

देशको राजनैतिक र आर्थिक अवस्था सुष्माले भने जस्तै कवाड नै रहेछ. साराका सारा इन्जिनियर, डाक्टरहरु अमेरिका, युके र अष्ट्रेलिया पलायन हुने चलन जस्तै भैसक्यो. नेपाल मै बस्नु भनेको या त अयोग्य र झारपात बर्गमा गनिनु या त एक्लो बृहस्पति भइ बाच्नु बाहेक केही नहुनु . असहज  र अन्यौल भयो भबिष्यको जीवन रेखा. आफ्नै हत्केलाका रेखाहरुमा घोरिएँ. भाग्य टुटे फुटेको छ. जीवन रेखा सलल बगेको छैन अर्थात बाधा व्यवधान अनेक छन्. आफ्नो कर्ममा बिश्वास गर्ने मान्छे म, तैपनि भाग्य सित दुश्मनी कसरी मोल्ने ?

पढाई सक्यो. जागिर खोज्दै थिएँ. सुष्मा संगको प्रेम कहानी उत्कर्षमा थियो . धेरै फुर्सदिलो भएर पनि होला, भेटघाट दिनहुँ जस्तो हुने. दैनिक रिपोर्ट बुझाउनु पर्ने . उनको आत्मियतामा रिपोर्ट त के छाती चिरेर देखाउन तयार भाको मान्छे.

अष्ट्रेलियाको बारे मा उनले निकै जानकारी हासिल गरि सकेकी थिई.

"अहिले एउटा जागिर मिल्ला जस्तो छ , केही महिना जागिर खाउँ अनि जि आर इ दिएर अम्रिका जाउँ "
.. मैले नौलो प्रस्ताब अघि सारें.

"कहाँ जी आर इ सी आर इ दिने भन्या ? आफ्नो त इंग्लिश उही ताल हो , सक्दिन म . खुरुक्क आइ एल टी एस दिएर अष्ट्रेलिया जान छोडेर ."

"हस बाबा यो पनि सोचौला ."

"सोच्ने मात्र हैन गर्ने पनि . बाबाले अष्ट्रेलिया जान ओके भनीसक्या छ. पैसा पनि दिन्छु भन्या छ . धेरी किच किच गर्ने हैन नि भन्द्या छु , नत्र म एक्लै जान्छु .."

सुष्माको धम्किलो घुर्की धेरै सुनीसकेकोले “हस प्रभु हस” मात्र भनें.  सुष्माको तयारी को गाम्भीर्यता बुझे पनि म भित्रको आत्माले मानेको थिएन , अष्ट्रेलिया को किस्सा. केही बर्ष यतै काम गरेर अमेरिकामा उच्च अध्ययन गर्ने मेरो धोको. मन सबैको एकनाश हुने भए यो संसारमा कुनै बिबाद हुने थिएन नै . मनको कुनामा डरले गहिरो खाडल खन्यो. आत्मीयतामा हुर्केको प्रेमको असामयिक अन्त्य हुने त हैन कतै ? अष्ट्रेलिया भन्ने बिष त कतै हामी बिच फैलिदै छैन? तै पनि कुनै उपाय त निस्किएला नि , मनले मनलाई सम्झायो.

 

जागिर मिल्यो . कामको प्रकृति पनि आफ्नो रुची अनुसारको . ज्याला पनि सोचा जस्तो. जागिर मिलेको उपलक्ष सुष्मा संगै त हो नि मनाउने , सुनाउने . बानेश्वर को बेइजिंग डकमा डिनरको निम्ता दिएँ.  खुशी र सफलता साटें.

तर सदा झैँको  चन्चले स्वभावमा बादल मडारिएको जस्तो, सदा झैँ हांसीरहने ओंठहरु खुम्चिएको जस्तो, सदा झैँ खुला रहने “दिल” मा भोटे ताल्चा लगाए जस्तो ... माहौल फरक फरक लाग्यो.

"सुष्मा ... तिमी खुशी छैनौ ??"

"किन? म एकदम खुशी छु उमु... तर ... हाम्रो अष्ट्रेलिया जाने कुरा को के हुन्छ अब ?"

आफ्नो बेखुशीलाई खुशीको लेपन लगाई हाली .

"धेरै खान्न यो जागिर, बढी मा १-२ बर्ष . अष्ट्रेलिया गए नि “जब एक्सपेरियन्स “ नभई राम्रो काम मिल्दैन, एक्स्पिरियन्स को लागि भए नि जब फर्नु पर्र्यो नि, हैन र ?" मैले सक्दो आफ्नो कुरा राखें.

"१-२ बर्ष ??"

" इट्स टू लोंग . आइ कान्ट वेट फोर लोंग टाइम ". अंग्रेजीमा असन्तुष्टि जनाई हाली.

"सुष्मा, त्यसो नभन न, हाम्रै भबिष्य को लागि त हो नि मैले भन्या. तिमी पनि ठण्डा दिमागले सोच . भोलि पर्सि फेरी कुरा गरौला नि , अहिले डिनर इन्ज्वाई गर न प्लिज..."

 

मलाइ जे डर थियो त्यै भयो. यो आइमाईले जिद्दी गरे पछी ...... भोलि पल्ट उनले फोन गरिन.

"के सोच्यौ त ?"

पहिलो सम्बाद नै यहि थियो.

"म अहिले नै अष्ट्रेलिया जान सक्दिन, भर्खर खाएको जागिर र काम थालेको प्रोजेक्ट बीचमै छाडेर बेइमानी गर्न नि मिल्दैन, पैसा नि पर्याप्त छैन म संग. १ बर्ष पछी........."

"केटा मान्छे को भर हुँदैन भनेको यही हो .. यु सो मिन ..."

सुक्क सुक्क गर्न थाली,


"सुष्मा प्यारी सुष्मा , न रोउ न प्लिज ..."

"एउटा कुरा भन्छु है .."

"अहिले तिमी प्रोसेस गर, सबै मिल्दा सम्म ६ महिना लागि हाल्छ, तिमी अष्ट्रेलिया जानु, ६ महिना पछी म ज्वाइन गर्छु ...

यताको नि कुरा मिल्छ, उता को नि . त्यस पछी दुनिया हाम्रै मुट्ठीमा त हो नि ."

"सत्य ??"

एकै छिनमा मेघ फाटेर घाम झुल्क्यो.

"सत्य , सत्य धरोधर्म ."

मेरो मध्यमार्गी प्रस्ताबले काम गर्र्यो , क्षणिक युग्द बिराम पछी आउने आंधी हुरीबाट बाच्ने उपाय खोज्न थालें.....

 

क्रमश: 


 
Posted on 10-16-12 1:10 PM     [Snapshot: 2498]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 क्या अचम्म माथि कम्प्लेन गर्न साथ् तल कथा आइरा......एस्तो पो हो त lightening service ..... ल म चै पढ्न थाले....
 
Posted on 10-16-12 2:07 PM     [Snapshot: 2529]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 यो भाग पनि पढियो.....
 
हो हो ठुल्दाई, यो स.....बाट आउने मैया हरु को भर हुदैन......
 
ठुल्दाई ले सुस्मा लाइ अस्ट्रेलिया पठाएर, त्यो रुद्रमती को कथा मा जोड्न लागेको त होइन....?
 
धन्यबाद कथा को लागि.....

 
Posted on 10-16-12 2:20 PM     [Snapshot: 2538]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनेपछि उमेश ले केटि बाट धोका खान लाइ बाटो आफैले खोलेको रहेछ है -

कथा रोचक हुदैछ - अर्को भाग चाही अलि चाडै हाल्नु होला - 

 



PAGE: <<  1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters