[Show all top banners]

carkey
Replies to this thread:

More by carkey
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 कमरेड विधायकहरूलाई अनुरोध
[VIEWED 2851 TIMES]
SAVE! for ease of future access.
Posted on 02-06-07 11:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रिय कमरेडहरू !यतिबेला हामी अस्थायी क्याम्पमा अभावको दैनिकी लेख्दै प्रतीक्षाको युद्ध लडिरहेछौं । पार्टर्ीी नया“ प्रकारको युद्धमोर्चा खडा गरेको छ- अन्तरिम संसद् । यो मोर्चाको अनिवार्य विजय ग्यारेन्टी गर्न ७३ जना तपाईं कमरेडलाई पठाएर विश्वासयोग्य विजयको सपना र्सवत्र बा“डिएको छ ।
हाम्रो पार्टर्ीीागोको भुमरीबाट स्पात बनेर जन्म्यो । एकता महाधिवेशनको एउटा भट्टीमा क्रान्तिकारी, प्रतिक्रान्तिकारी वा अवसरवादी को(को हुन् भनेर चिन्ने प्रक्रियाअनुरूप एकातिर अन्तरसंर्घष्ा र अर्कोतिर वर्गसंर्घष्ाको सुरुआत गर्‍यो । वर्गसंर्घष्ाको रूपमा संसदीय चुनावको सहभागितामा जोड दियो । आजका तपाईं ७३ कमरेडजस्तै तत्कालीन ९ जना योद्धालाई संसदीय मोर्चाको एउटा बंकर कब्जा गर्न पठाएको थियो । समग्र संसदीय मोर्चा कब्जा गरेर त्यसलाई क्रान्तिकारी रूपान्तरण गर्न सक्ने अवस्था थिएन । कमसेकम संसद्को एउटा बंकरबाट जनतालाई क्रान्तिको धुन सुनाउन आवश्यक थियो । त्यतिबेलाका योद्धामध्ये आज तपार्इंहरूका साथ कमरेड कृष्णबहादुर महरामात्रै हुनुहुन्छ । बा“की सबैले कि 'मृत्यु वरण' गरे कि आत्मर्समर्पण ।
युद्धका क्षण असाध्यै कठिन, दर्दनाक र पीडादायी थिए । तर पार्टर्ीीे आदेशलाई पालना गर्न जनमुक्ति सेना हप्तौं भोकै बस्न तयार भयो । तोकिएको टार्जेट प्वाइन्टमा जसरी पनि पुग्ने अभिलाषाका साथ अगाडि बढ्दा अग्ला पहाडका चुचुरा छिचोल्न नपाउ“दै हि“उमै पुरिएर सहयोद्धा गुमाउन परे पनि लक्ष्य चुम्ने उद्देश्य छोडेन । एउटै मोर्चामा सयौं साथीका लास देखेर कदापि आत्तिएन । सयौं स्ट्रेचरमा घायल योद्धाहरूलाई रातभर(रातभर अनि“दो बोकेर हि“ड्दा पनि थाकंे“ भनेर भनेन । घाइते कमरेडहरूले कैयौंपटक भने- 'साथी † कि एक ट्याबलेट ब्रुफिन दिनुस् । कि एक राउन्ड गोली हानिदिनुस् ।'
ढल्न लागेको पुरानो सत्तालाई धक्का मार्ने तरिका बोकेर तपाईंहरू सिंहदरबारको भीषण मोर्चामा हुनुहुन्छ । सिंहदरबारको मोर्चामा जानुअगाडि तपाईंसामु एउटा त्यस्तो जंगल छ जहा“ तपाईंहरूलाई दुःख-कष्ट होइन, भोग-विलासको भव्य सहर प्राप्त हुनेछ । मान्नुस्, तपाईंको नया“ युद्धको जंगल यही हो । त्यो जंगलमा पाइने कुनकुन चिज खान हुन्छ र कुन हु“दैन भनेर पार्टर्ीी पक्कै सिकाइसकेको छ । तपाईंहरूका लागि सिंगमरमरले सजाएका इन्द्रेणी रङका बंगालादेखि छ“ुदै दाग लाग्ने कार स्वागत गर्न आतुर होलान् । ती सबै पशुपतिमा पाइने लड्डुबाहेक केही होइनन् जहा“ धतुरो मिसाइएको हुन्छ ।
हामी जनमुक्ति सेनाले यतिबेला हतियार कन्टेनरमा थन्काएका छौं । क्याम्पमा बसेका छांै, केवल तपाईंहरूको लडाइ“ विजयको प्रतीक्षामा । युद्धकालमा मृत्युको पर्वाह नगरी भोगेका व्यथालाई बिर्सिदिनु भएन भने र एक्काइसौं शताब्दीको क्रान्तिको कला र संस्कार पक्रन सक्नुभयो भने तपाईंहरूले विश्वक्रान्तिको नया“ मोर्चा जित्नुहुनेछ । ढुक्क रहनुस् त्यो मोर्चाको 'सपोर्ट' का लागि हामी 'र्एलर्ट' छौं । संसदीय संर्घष्ा, त्यो अर्को प्रकारको रक्तपातहीन युद्ध हो । त्यहा“ स्पात बनेर फुराल्ने हिम्मत गर्नुस् विजय सुनिश्चित छ । अन्यथा हामीले अहिलेका क्याम्पबाट निस्कनुपर्नेछ ।
- सरल ‘सहयात्री’
बेथान स्मृति ब्रिगेड
 
Posted on 02-07-07 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचरा ति सोझा कमरेडहरुलाइ के थाहा,राजनितिका इ दुष्ट खेलाडिहरुका लागि सत्ता प्राप्तिको बाटो थियो त्यो।लाखौँ खर्च आफ्नो जिवन सुरक्षामा नै खर्च गर्न व्यस्त इ नेताहरुले आफ्नो रङ बद्लन थालिसकेका छन्।क्याम्पमा जाडोमा कठाङृएका ति बिवश अनुहारहरुले आशा गरेको नेपाल,बन्दुकको नालबाट आउँदैन कमरेड।अझै पनि ढिलो भएको छैन,त्यो क्याम्प बाट निसक्किएर कलम समाउनुस,ति बालकहरुलाइ बन्दुकको सट्टा कलम दिनुस।कन्टेनरको हतियारबाट कयौँ जिवनको अन्त्य त गर्न सकिन्छ तर एउटा सुन्दर जिवनको सुरुवात् हुन सक्दैन।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
TPS cancel bho bhane k garne?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters