[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 सहयोगको लागि आग्रह
[VIEWED 10922 TIMES]
SAVE! for ease of future access.
Posted on 05-04-16 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

जिन्दगीको यात्रामा धेरै थोरै असल आत्महरु भेटेको छु देखेको छु | ती थोरै महान आत्महरुमा इन्जिनियर हिम प्रसाद गौतम सर अहिले जिन्दगीको कठिन मोडमा हुनुहुन्छ |

हिम प्रसाद गौतम खानेपानी बिभागमा सिनियर डिभिजनल इन्जिनियर , नेपाल सरकारको छात्रवृत्तिमा पाकिस्तानबाट सिभिल इन्जिनियरिंग र पुल्चोक क्याम्पसबाट मास्टर्स | मास्टर्स को थेसिस गर्दा गर्दै एक बिहान रात संगै अँध्यारो मा ब्युँझनु भयो | आँखा नदेख्ने हुनु भयो | धमिलो आकृति बाहेक नदेख्ने गरी ब्युँझ नु भयो | उपचारको अनेक प्रयास गर्दा पनि संसार मै बिरलै हुने रोगले ग्रसित भए पछी अन्धो जीवनमा हार मानेर जिन्दगी संग लम्पसार पर्ने वा संघर्ष गर्ने दुइ बिकप्ल रह्यो |

हार मान्नु भएन, अंग्रेजीमा कम्पुटरमा टाइप गरेको शब्द ध्वनि मा परिवर्तन हुने सफ्ट वेर बनीसकेको थाहा पाउनु भयो र त्यसैको साहरामा जीवन अघि बढाउनु भयो | नेपाली अक्षर र शब्द पढ्न सक्ने \ चिन्न सक्ने किन बनाउन नसकिने भनेर आँखा नदेख्ने हिम सर लाग्नु भयो र सफल हुनु भयो |
दृष्टिवाचक नामक सफ्टवेर बनाइ सार्बजनिक गर्नु भयो र निशुल्क सबैमा बाड्नु भयो |
२०१३ मा नेपाल जाँदा उहाँ लाई आफ्नै कार्यक्षमा भेटें | आँखा देख्नेले भन्दा छिटो छरितो काम गरेको देख्दा अचम्ममा परेको थिएँ | बिना कसै /कुनै साहरा घर देखि बस चढेर कार्यालय आउनु हुन्थ्यो | एउटा शाखाको प्रमुख को हैसियतले सबै प्राशासनिक देखि प्राबिधिक काम गर्नु हुन्थ्यो | दृष्टि वाचक को सहयोग मा |

त्यतिकैमा उहाँले विश्रान्ति लिनु भएन | संस्कृत उद्गम भएका भाषाहरु -गुजराती , बंगालीमा दृष्टि वाचक बनाउनु भयो | गुजरात सरकारले सम्मान गरे | सिंहली . असामी , तमिल भाषा नि बनाउनु भयो | मंगोलियन, भुटानी भाषाको बनाउनु भयो र ठाउँ ठाउँ मा नागरिक अभिनन्दित हुनु भयो | लाखौँ आँखा नदेख्नेहरुले उहाँको सहयोगमा कम्प्युटर चलाउँदै जीवन सहज गर्दै छन् |

तर बिपत्ति रोकिएन | हालै मात्र उहाँ कार्यालयमा काम गर्दा गर्दै ढल्नु भयो | ब्रेन ट्युमर भाको रहेछ | शल्यक्रिया पनि भयो , ट्युमर पनि निकालियो | तर पनि घाउ बल्झिदै छ |
जिन्दगीमा कहिलेइ इमान नछोडेका , सरकारी साधन समेत प्रयोग नगर्ने हिम सरको महिनाको तलबले २-३ दिन को पनि अस्पतालको खर्च धान्न सकिन्न | साथी भाई, सहकर्मीहरुले सहयोग संकलन गर्दै सम्भव भए सम्म को उपचार हुँदै छ |

हिम सर जस्तो असल मान्छे बाच्नु पर्छ , बचाउन सहयोग गर्नु पर्छ | प्राबिधिक कारणले गो-फण्ड जस्तो चन्दा संकलन सामाग्री प्रयोग गर्न असमर्थ छु | नेपालमा रहनु भएका शुभ चिन्तकहरुले निम्न बैंक खातामा सक्दो सहयोग गरिदिन हुन आग्रह गर्दछु |

इन्जिनियर राजीब घिमिरे / नन्द लाल बन्जाडे
राष्ट्रीय बाणिज्य बैंक थापाथली शाखा; बचत खाता नं: १४३००२४१२११०
https://www.facebook.com/him.gautam.52?fref=nf

सबै सहयोगी मनहरु लाई नमन गर्दै हिम सर को स्वास्थ लाभको कामना गर्दछु |
Last edited: 05-May-16 10:08 AM

 
Posted on 05-04-16 10:20 AM     [Snapshot: 47]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hope someone will open an account @ go-fund and we can help.

 
Posted on 05-07-16 1:13 AM     [Snapshot: 403]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Can someone open go-fund account please?
 
Posted on 05-09-16 12:37 PM     [Snapshot: 804]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

इन्जिनियर हिम प्रसाद गौतमजी जति इमानका धनी हुनुहुन्छ त्यति नै वहाँका परिवार | कुनै अलौकिक चमत्कार नभई उहाँलाई बचाउन नसक्ने भन्ने डाक्टरी रिपोर्ट भएकोले आर्थिक सहयोगको लागि गो-फण्ड वा अन्य माध्यम न अपनाउने जानकारी उहाँको परिवारजनले दिनु भएको छ :

तै पनि इमान हराएको देशका बिरलै भेटिने "इमान" लाई इश्वरले चमत्कारी गरि देउन् - यही प्रार्थना हामी गर्न सक्छौ |

सबैमा हार्दिक धन्यबाद |
 
Posted on 05-09-16 1:18 PM     [Snapshot: 846]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

That is a story of living the life and making the most of it. The duration doesn't matter. May he always be in peace.
Last edited: 09-May-16 01:18 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters